Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
१३ जेष्ठ २०७७, मंगलवार ।
उहान ईन्स्टिचुट अफ भाईरोलोजीको ल्याबमा भएको तीन भिन्न प्रकारका कोरोना भाईरसहरु हाल महामारीको कारक बनेको कोभिड -१९ सँग मेल नखाने प्रतिस्ठानकी एक डाइरेक्टरले बताएकी छिन् । उहान ईन्स्टिचुट अफ भाईरोलोजीकी डाइरेक्टर वाङ यानयीले एक राष्ट्रिय टेलिभिजन अन्तर्वार्ता मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उहान ल्याबबाट कोभिड -१९ बाहिरिएको लगातारको आरोप पछि भनेकी छिन्; ‘उहान ल्याबमा भएका तीन प्रकारका कोरोना भाईरस मध्ये कोभिड -१९ सँग अधिकतम समानता भएको भाईरस ७९ दशमलब ८ प्रतिशत मात्र समान छ ।
पश्चिमा मुलुकहरुको लगातार भाईरस चीनले योजनाबद्दरुपमा जैबिक हतियारका रुपमा निर्माण गरेको शंका र आरोप पछि प्रतिष्ठानकी डाइरेक्टर यानयीको अन्तर्वार्ता बेजिङ्स्थित राष्ट्रिय टेलिभिजन चाईना ग्लोबल टेलिभिजन नेटवर्कबाट प्रसारण भएको हो । गत मेई १३ तारिख १० दिन अगाडि नै रेकर्ड गरिएको उक्त अन्तर्वार्ता २३ तारिख शनिबार प्रसारण गरिएको थियो । अन्तर्वार्तामा डाईरेक्टर यानयीले कोभिड -१९ भाईरस उहानको प्रयोगशालाबाट निकालिएको आरोप तथा शंकालाई ‘विशुद्ध बनावटी कुरा’ भन्दै उहान ल्याबले पहिलो पटक अन्जान प्रकृतिको निमोनिया भएको भाईरसको नमुना गत साल डिसेम्बर ३० का दिन फेला पारेको र त्यस पछि त्यो रोगजनक नमुनालाई जाँच गर्दा नयाँ प्रकृतीको कोरोना भाईरस फेला परेको हो । जुन कोरोना भाईरसलाई अहिले SARS- COV -2 भनिन्छ । यो नै अहिले कोभिड -१९ को नाम ले चिनिन्छ । त्यो भन्दा पहिले कहिले पनि त्यो भाईरसलाई नदेखेको र थाहा नपाएको यानयीले टेलिभिजन अन्तर्वार्तामा दाबी गरेकी छिन् ।
(चाईना ग्लोबल टेलिभिजन नेटवर्कले गरेको कुराकानीको आधारमा तयार पारिएको रिपोर्ट)

