• TOKHA LIVE

    • १२ कार्तिक २०७७, बुधबार ११:४४

    सिधै नपिउनुस् फ्रिजको चिसो पानी !

    कार्तिक १२, २०७७

    हेल्थ एन्ड न्युट्रिसन। धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्राय: टन्सिलको समस्या देखिने गरेको छ ।

    शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ । तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।

    जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुनसक्छ । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ ।

    बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै