Trending now
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ स्टल रहने
२०८३ कार्तिक १३, शुक्रवार
२०७७ कार्तिक १० सोमबार
• डा यादवदेव भट्ट
नेपालीले विशेष रुपमा मनाउने चाडपर्व दसैं हो। यो समयमा कोरोनाको संक्रमण दैनिक बढ्दो छ।
कोरोना संक्रमणको बढी जोखिममा रहेका समूहमध्ये मुटु रोगी पनि एक हुन्। संक्रमण भएपछि अवस्था गम्भीर हुने र मृत्यु हुने सम्भावना मुटु रोगीमा बढी हुन्छ। अन्य व्यक्तिको तुलनामा कोरोना संक्रमण हुँदा निको हुने सम्भावना पनि कम हुन्छ।
मुटु रोगीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरु कोरोनाको बढी जोखिममा पर्छन्। मुटु रोगीलाई कोरोना संक्रमण भए ज्वरो आउने, फोक्सो बिग्रने, मुटु झनै बिग्रने, हृदयघात हुने, ब्रेनमा स्ट्रोक भएर प्यारालाइसिस हुने, भेन्टिलेटरमा भर्ना गर्नुपर्ने अवस्था आउने सम्भावना धेरै हुन्छ। त्यसैले पनि मुटु रोगी धेरै सतर्क रहनुपर्छ।
धेरै जोखिम हुने भएकाले मुटु रोगीले एकदम सावधानीपूर्वक चाडपर्व मनाउनुपर्छ।
सावधानीपूर्वक भनेको अहिलेको सन्दर्भमा अन्य व्यक्तिको सम्पर्कमा नजानु नै हो। मास्क लगाउने र हात बेलाबेलामा सफा गरिरहनुपर्छ।
अहिलेसम्म हामीले दसैंलाई विशेष रुपमा मनाउँदै आएका छौं। तर यस वर्ष मुटु रोगीले घरभित्रै बसेर चाड मनाउँदा पनि फरक अनुभव हुनसक्छ। अन्यले पनि यो वर्षको दसैं घरपरिवारसँग मात्र रमाएर मनाउन आवश्यक छ।
विगतका वर्षहरुमा जस्तै पारिवारिक जमघट गरेर दसैं मनाउने अवस्था अहिले छैन। पारिवारिक जमघट नगर्नु नै सुरक्षित हुन्छ। मुटु रोगीहरुमा त यो झनै लागू हुन्छ। हामी पनि अरुको घरमा टीका लगाउन नजाने र आफ्नो घरमा पनि आउन नदिने गर्न सक्यौं भने पनि सुरक्षित हुन सकिन्छ। यसो गर्न सकियो भने कोरोना संक्रमण हुने र सार्ने सम्भावना दुवै कम हुन्छ।
मुटु रोगीले कोरोनासँगै खानपानमा पनि ध्यान दिनु आवश्यक छ। धेरै चिल्लो, तारेको र मसालेदार खानेकुराबाट मुटु रोगी टाढै बस्नुपर्छ। यो वर्षको दसैं आफ्नै घरपरिवारमा रहेर मनाऔं। अन्त कतै नजाऔं भन्ने मेरो यस वर्षको कोरोनाबाट बच्ने नारा पनि हो।
(भट्ट मुटु रोग विशेषज्ञ हुन्। उनी नर्भिक अन्तर्राष्ट्रिय अस्पतालसँग आबद्ध छन्।)

