काठमाडौ चैत्र २५ /टोखावासीले नाग र नागिनीको आत्माको शान्तिको कामना गर्न बिस्का : जात्राका लागि चोसीं योसीं आज पाहॉचहे का दिन थनेलाछीमा ठड्याइएको छ । योसीं ठड्याएपछि धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत बिस्का : जात्रा सुरु हुन्छ । योसींमा नागको प्रतीकका रूपमा उठाइएको ७५ हात अग्लो योसीं -लिंगोमा हलपत्ता टुप्पा देखि तलसम्म झर्ने पताका लगाईन्छ।हलपत्तामा ३३ कोटी देवी देवताका चित्रहरू अंकित गरिएको हुन्छ।टोखामा संकटामाई , योसीं तथा सपना विनायकलाई एउटै परिवार मानी विनायकले आमालाई भेट गर्न आउने , ढोग्ने तथा सम्पूर्ण परिवार भेंट हुने अवसरको रूपमा यस जात्रालाई महत्व लिईन्छ।आज विनायक र सङ्कटा अजिमाका रथलाई गाउँ परिक्रमा गराइन्छ । परिक्रममाका क्रममा जहाँ–जहाँ महादेव लुकेर बसेको छन् त्यहाँ पुर्याई दर्शन गराएर फर्काउने चलन रहेको छ ।

दोस्रो दिन घोडेजात्राका दिन सॉझपख सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याएर डंगोल का २ कन्या र ६ जना कुमारलाई भात खुवाउने चलन छ। यसलाई “मरजा नकेगु “ भनिन्छ । यही समयमा सपनतीर्थमा डंगोल जातिकै २ कन्या र २ कुमारलाई “ मरजा नकेगु” गरिन्छ । अर्को दिन सखारै थनेलाछिमा विशेष जात्रा हुन्छ । आमा संकटालाई छोरा विनायकले सङ्कटालाई तीनपटक ढोग्ने गरिन्छ यस जात्रालाई रथ जुधाउने जात्रा पनि भनिन्छ । हिजो आज उज्यालो भइकन गरिने यो जात्रा पहिले पहिले विहान सबेरै शुरू गरी यति चॉडै सम्पन्न हुन्थ्यो कि यो जात्राको नाम नै “ पुटुछि मला जात्रा “ अर्थात् दौराको तुनै बाँध्न नभ्याइने जात्रा रहेको स्थानीय बुढापाका अहिले पनि स्मरण गर्छन ।


❝ टाेखाको चोसी- यंसीको कथा ❞
प्रचलित आख्यान अनुसार प्राचीनकालमा टोखाका राजा भिल्मोका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु -पुजारी) ले आफ्नी श्रीमतीको तीव्र इच्छाका कारण तान्त्रिक बलबाट नागको रूप धारणा गरेछन् । टोखावासीले नाग र नागिनीको आत्माको शान्तिको कामना गर्दै हरेक वर्ष विस्का : जात्रा मनाउने गरेका छन् ।स्थानीयवासीका अनुसार प्राचीनकालमा टोखाका राजा भिल्मोका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु -पुजारी) ले आफ्नी श्रीमतीको तीव्र इच्छाका कारण तान्त्रिक बलबाट नागको रूप धारणा गरेछन् । पुनः मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षेता छर्कनुपर्नेमा आत्तिएर आफ्नै मुखमा हालिछन् । त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे तापनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो । तत्कालीन राजाले यो कुरा थाहा पाएर नाग-नागिनीको आत्माको शान्तिका लागि (बिस्का: नख: )बिस्केट जात्रा सुरु गरेको स्थानीय बासिन्दा टोखाका मुल नायके हेमराज श्रेष्ठ बताउँछन् । मु: नाय हेमराजका अनुसार, ‘बिस्या’बाट अपभ्रंश भएर ‘बिस्का’ र बिस्काबाट पनि अपभंरश भएर कालान्तरमा ‘बिस्केट’ नामकरण भएको जनविश्वास छ । यसको अर्थ ‘बि’ भनेको सर्प र ‘स्याका’ भनेको मारेको अर्थात् सर्प मारेको सम्झनास्वरूप बिस्का: जात्रा मनाउन थालिएको हो ।






