• TOKHA LIVE

    • १३ बैशाख २०८३, आईतवार १८:२६

    इतिहास र साहस जोड्दै ‘दुगुनागढी–लिस्तीकोट माउन्टेन ट्रेल रेस’ सोमबार

    काठमाडौँ, १३ वैशाखः साहसिक खेलमार्फत इतिहास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित छैटौँ ‘दुगुनागढी–लिस्तीकोट माउन्टेन ट्रेल रेस’ आगामी सोमबार आयोजना हुने भएको छ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको सहयोग तथा नेपाली सेनाको इन्द्रध्वज गणको समन्वयमा २४.५ किलोमिटर दूरीको चुनौतीपूर्ण दौड सञ्चालन हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

    यो दौड केवल खेलकुद प्रतिस्पर्धा मात्र नभई ऐतिहासिक महत्व बोकेको यात्रा पनि हो। सन् १८५५ मा नेपाल–तिब्बत युद्धका क्रममा नेपाली सेनाका शेर, कालीप्रसाद र गोरखनाथ गणले लिस्ती देवीको दर्शन गरी सैनिक आवश्यकताका लागि दुगुनागढी निर्माण गरेका थिए। सोही ऐतिहासिक स्मृतिलाई उजागर गर्दै प्रतियोगिता आयोजना गरिएको हो।

    आयोजकका अनुसार सिन्धुपाल्चोकका ऐतिहासिक तथा धार्मिक स्थलको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित यो रेस नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले रु एक लाख १० हजार, द्वितीयले रु ७५ हजार र तृतीयले रु ५५ हजार प्राप्त गर्नेछन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै