• TOKHA LIVE

    • ७ श्रावण २०८२, मंगलवार ०४:१३

    टोखामा मातृभाषा बचाउ आन्दोलन : “हाम्रो टोखा” नेपालीमा होइन, स्थानीय भाषामै पढ्न पाउनु पर्ने माग

     

    टोखा, श्रावण ६ /
    टोखा नगरपालिकाले ‘स्थानिय विषय’ अन्तर्गतको पाठ्यक्रम नेपाली भाषामा तयार पारेर वितरण गर्न लागेको भन्दै स्थानीय समुदायले कडा आपत्ति जनाएका छन्। मातृभाषा संरक्षण अभियान, विभिन्न राजनीतिक दलहरू, र स्थानीय संघसंस्थाहरूले संयुक्तरूपमा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै “हाम्रो टोखा” जस्ता पाठ्यपुस्तक स्थानीय भाषामा नै निर्माण र वितरण गर्न माग गरेका छन्।

    बगमती प्रदेशको कामकाजी भाषा नेपालभाषा (नेवाः) र तामाङ भाषा रहेको स्पष्ट सन्देश दिँदै ज्ञापनपत्रमा भनिएको छ, “संविधान, भाषा आयोगको निर्देशन र राष्ट्रिय पाठ्यक्रम ढाँचाले नै स्थानिय विषय मातृभाषामा पठनपाठन गर्न अनुमति दिएको अवस्थामा नगरपालिकाले नेपाली भाषामै पाठ्यपुस्तक बनाउनु संविधान विपरीत हो।”

    ज्ञापनपत्रमा उल्लेख भएअनुसार, नेपाल सरकारको केन्द्रिय पाठ्यक्रम अनुसार पहिलो र दोस्रो भाषा क्रमशः नेपाली र अङ्ग्रेजी पढाइन्छ। तर तेस्रो विषयको रूपमा रहेको ‘स्थानिय विषय’ स्थानीय सरकारको अधिकारभित्र पर्ने र यो विषय मातृभाषामा पढाउनु नै संविधानसम्मत हो।

    मातृभाषा विषयमा स्थानिय इतिहास, संस्कृति, भाषा, सिप, कला, प्रविधी जस्ता विषयवस्तु समेटिने भएकाले यसले विद्यार्थीलाई आफ्नो समुदायप्रति गर्व र आत्मीयता जगाउन मद्दत पुग्ने जनाइएको छ।
    ज्ञापनपत्रमा भनिएको छ, “विद्यार्थीले नेपाली, अङ्ग्रेजी र स्थानिय भाषा गरी तीनवटा भाषा पढ्न पाउनेछन् । यही हो हाम्रो त्रिभाषिक शिक्षाको ढाँचा।”

    ‘हाम्रो टोखा’ भन्ने पाठ्यपुस्तकलाई नेपालीमा होइन, नेपालभाषा र तामाङ भाषामा रूपान्तरण गरी पुनः निर्माण गर्नुपर्ने माग गरिएको छ।

    यो मागसहितको ज्ञापनपत्र नगरप्रमुख, उपप्रमुख र ११ वटै वडाका जनप्रतिनिधिहरूलाई बोधार्थ पठाइएको छ। स्थानिय जनस्तरबाट उठेको यो आवाज अब टाेखा नगरपालिकाको प्रशासनले सुन्ने कि नसुन्ने भन्ने प्रश्न उठेको छ।

     

    – फाेटाे/ नेपालभाषा क्लब, टाेखा

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै