• TOKHA LIVE

    • ३१ जेष्ठ २०८०, बुधबार ०२:५३

    “ मैले फुटबल खेल्दा टोखाको सडक गल्ली सुनसान हुन्थ्यो “ : रामचन्द्र श्रेष्ठ

     

    – हिकमत डंगोल

    रामचन्द्र श्रेष्ठ टोखा फुटबल जगतमा अपरिचित छैन। फुटबल क्षेत्रमा अत्यन्तै रोमान्चक , चमत्कारिक र कसैले पत्याउनै नसकिने किसिमले एकाएक विपक्षी पोष्टमा गोलको वर्षा, पास , विपक्षी खेलाडीलाई छलाएर चमत्कारिक गोल गरेर असंख्य टोखा र बाहिरी दर्शकहरूलाई प्रभावित पारेर प्रशंसा बटुल्न सफल भएका रामचन्द्र श्रेष्ठ टोखाको फुटबल इतिहासमा सर्वाधिक चर्चित र सफल खेलाडी मानिन्छन।

    संघर्षका दिनहरू सम्झंदै रामचन्द्र भन्छन्- “ म फूटबल तर्फ स्कुल पढ्दा बच्चै देखि आकर्षित भएं। तर म संग फुटबल थिएन। बुबा पनि मलाई फुटबल किनिदिने अवस्थामा थिएन। तर पनि सानो फुटबल लिएर भख्य चौरमा गएर खेल्न थाले। कहिलेकांही थोत्रा कागज र कपडाको पोको बनाएर पनि घर अगाडी खेल्थे। कहिलेकांही स्कुलको हाफ टाइममा पनि भख्यमा गएर साथीहरूसंग फुटबल खेल्थे। यसरी अभ्यास गर्दा गर्दे म केही जान्ने भैसकेको थिएं। भख्यमा पुग्थ्यो कि जसरी पायो त्यसरी हानेर खेलिन्थ्यो। भख्य चौर ठूला थियो। खेल्न ठाउॅ प्रशस्तै पुग्थ्यो। तर पछि हामीले ११ जनाको टीम बनाएका थियौं।

    २०३६ सालतिर सरस्वती निम्न मावि मा कक्षा ७ मा पढ्थे। म अरू भन्दा गम्भीर स्वभावको थिएं। स्कुलको हीफ टाइममा हामी फुटबल खेल्न भख्य चौरमा गएका थियौं। पालेले घण्टी बजाएको सुनेनौं। हामी एकोहोरो फुटबल खेल्दै थियौं। मास्टर सजीव सर कोठामा आएको रहेछ। उनले हामी फुटबल खेल्न गएको थाहा पाएर मोटो लठ्ठी समातेर ढोकामा उभिएर पिटनको लागि तम्तयार भएर बसेका थिए। केही साथीहरूलाई सजीव सरले निकै पिटे। यसमा मैले १ महिना जति स्कुलमा हडताल गरे। उमेरमा सानो भए पनि म विद्रोही स्वभावका थिएं। स्कुल गएन। हेड सरले निकै मनाउन घर सम्म लिन आए। तर म गएन। अन्तिममा परीक्षा दिएर म शहर पढन गएं। त्यसबेला सजीव सर र जमुना मीस बीच राजनैतिक रूपमा निकै टक्कर चलेको थियो। समय यसरी झिमिक्कै बित्ला भन्ने सोचेकै थिएन।

    आज जीवनका ५० वर्ष पछाडी फिर्दे हेर्ने दिन आएका छन्। “ उनले ४० वर्ष अगाडीको कुरा “ अग्रजहरूसंगको साहित्यक खोज कार्यक्रममा आज यो पंत्तिकारलाई एक्कै सासमा सुनाए।

    ११ वर्षको उमेरमै आफुलाई होनहार खेलाडीको रूपमा स्थापित गराए । स्पीड, पावर र टेक्निक तीनवटै चीजमा निपूण देखिएका रामचन्द्रले २०४२ सालतिर भंगोडोलमा हात्तीगौडा टिम विरूद गरेको गोलले उनलाई चर्चाको शिखरमा पुर्याए। यो गोल नेपाल फुटबल जगतकै एक उत्कृष्ट गोल थियो। ६० मिटर टाढा देखि एक्लैले ड्रिवलिंग गर्दे लग्दा ६ जना विपक्षी खेलाडीहरूले उनलाई घेरे। यी ६ जना डिफेन्डरलाई छल्दै एक जनाको नराम्रो ट्याकलाई पार गर्दे रामचन्द्रले उत्त गोल गरेका थिए। जसले गर्दा उनले “म्यान अफ दि म्याच “ को सम्मान पाए। त्यसबेला टोखालीले जित्यो भन्नु नै चर्चाको विषय हुन्थ्यो। उनको खेललाई नजिकबाट मूल्यांकन गरिरहेका एक जना आर्मीका मान्छेले उनलाई नेपालको राष्ट्रीय टीमबाट खेल्नको लागि अफर गरेको थियो। तर उनका बुबाले खेल्न पठाउन मानेनन। यसमा उनी भन्छन- तिमी फुटबल खेल्दा कथंकदाचित हात खुट्टा भांचेमा जीवनभर अपांग भएर जीउनु पर्ने हुन्छ। त्यसैले नजाऊ। “ उत्त आर्मी मान्छे मलाई ३ पटक सम्म लिन आए । थुप्रै प्रलोभन देखाए तर म गएन। तसर्थ मैले पेशेवर खेलाडी भएर खेल्ने अवसर गुमाएॅ। “ उनी दुखेसो पोख्छन्। पहिले र अहिलेको फुटबल खेलमा के भिनन्ता पाउनु भएको छ भन्ने विषयमा रामचन्द्र भन्छन्- “ पहिला जस्तो दिलोज्यान दिएर अहिले कहां खेल्छन र ! उनी प्रतिप्रश्न गर्छन। पहिले खेलाडीलाई कुनै सुविधा थिएन। हामी ग्लुकोज र कागती खाएको भरमा खेल खेल्थ्यौं। त्योपनि सबैसित पैसा उठाएर। कागती किन्नलाई हामी संग पैसा पनि हुदैनथ्यो। उनले सुनाए।

    “ मैले जीवनमा धेरै फुटबल खेले। टोखाको रामचन्द्र फुटबल खेल्न आउदैछन भने पछि टोखाको गल्ली एवम महादेवटार, भंगोडोल र बानियांटारका सडक पनि सुनसान प्राय : हुन्थ्यो। मुश्किलले दुई चार जना मान्छे हिडेका र केही मोटर चलेका देखिन्थे।” यो अहिले इतिहास सम्झने र जीवनमा कहां देखि फूटबल खेलेर आइयो, अहिले ४० वर्षको कल्पना गर्न थाल्दा दिमाग चकराउने उनको अनुभव छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै