• TOKHA LIVE

    • २२ बैशाख २०८२, सोमबार ०८:५५

    टाेखाको भिंबजी: स्वाद, संस्कृति र सम्झनाको कथा

    सानुराज डंगोल 

    टाेखा — कहिले काँही एक मिठो स्वाद मात्र होइन, एउटा इतिहास पनि बन्छ । चाकुको स्वाद संगसंगै एक समय टाेखाको भिंबजी (चिउरा) त्यस्तै स्वाद हो, जसले केवल भोक मात्रै मेट्ने , पेट भर्ने होइन, दिल पनि जितेको थियो।अढाई सय वर्ष अघि श्री ३ सरकारको पालामा टाेखाको एउटा साधारण किसानी गोपि भिं बजि , सानू भिं बजि र मैचा भिं बजि अजीले ओखलमा कुटेर बनाएको भिंबजी दरबारसम्म पुगेको थियो।

    टाेखाको भिं बजि कुटेर बनाइने यो चिउरा सधैंजस्तो मैचा अजीले डालामा हालेर बजारमा बेचिरहेकी थिइन्। त्यतिबेला यो चिउराको मिठासको चर्चा टोलटोल, शहरशहरसम्म फैलिएको थियो। यही चर्चा दरबारसम्म पुगेपछि सरकारले स्वयंले चिउरा चाख्ने इच्छा व्यक्त गरे र मैचा अजी दरबार बोलाइन्।

    अजीले दरबारमा लगेको भिंबजीको स्वादले श्री ३ लाई यति मोहित बनायो कि उनले भन्नुपर्‍यो, “अब सधैं दरबारमा यही चिउरा चाहिन्छ।” तर पैसा दिन खोज्दा बाटोमा हराउने, चोरी हुने डरले उनलाई डालाभरि बालुवा दिइयो। बालुवाको मूल्य भने खास थियो—जता छरिन्छ, त्यही जग्गा तिम्रै हुने!

    अजी रिसाएर त्यो बालुवा सबै एउटै खेतमा खसालिन्। पछि दरबारका मान्छे आएर हेर्दा थाहा भयो—अब त्यो खेत नै अजीको। त्यहीबेला दरबारले विशेष पर्व वा अवसरमा दरवारका मान्छे पठाएर केही हप्ता दिन अगाडिदेखि भिंबजी कुट्न आदेश दिन्थ्यो।

     

    भिंबजी उत्पादनमा प्रयोग हुने ‘चु ब्येक्वचा:’ नामक धान जात एकदमै प्रसिद्ध थियो। त्यो धान चार, पाँच दिन पानीमा भिजाएर, हाडीमा भुटेर, त्यसपछि लुसी र हातको ताल मिलाएर ओखलमा कुटिन्थ्यो। चिउराको एक पात पनि टुक्रनु हुँदैन—त्यही थियो भिंबजीको पहिचान।

    समय त्यतो थियो अरु सर्व साधारणका गाइवस्तुले अरुको बाली खादा बाली तिर्नु पर्थ्यो भने
    भिं बजि परिवारको गाइवस्तुको जस्को बाली खाए पनि तिरो तिर्नुनपर्ने नियम थियो ।पछि
    भिं बजि चिउरा कुट्ने खलक ज्यापू जाति जति सबैले आफ्नो नामको जातमा’ भिं बजि ‘ लेख्न थाले।
    भिं बजि ‘ जात मात्रै थिएन त्यो त टाेखामा पुर्खाहरुको सभ्यता संस्कृति सम्पदा थियो त्यो।

    भिं बजि जात कसैले परिवर्तन गरे भने कसकसैले अहिले पनि काले भिं बजि काले डंगोल , मंगलदास भिं बजि आदि नाम देख्न सकिन्छ।

    ९२ वर्षिय काले भिं बजि डंगोलका अनुसार त्यो भिं बजि कुटाइ केवल काम थिएन—त्यो साधना थियो परिश्रम थियोे जीवन थियो । र आज, त्यो स्वाद, त्यो श्रम, त्यो सम्झना केवल कथा बनेर टाेखामा बाँचिरहेको छ। ‘चु ब्येक्वचा:’ धान लोप भइसकेको छ। तर भिंबजीको मिठास, अझै पनि टाेखालीको मन र मुटुमा गूंजिरहेछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै