• TOKHA LIVE

    • ६ बैशाख २०८२, शनिबार ०७:३२

    टाेखा विस्का: जात्राको पाचौं दिन बज्रयोगिनी मन्दिर गई विसर्जन गरियाे

    नविना श्रेष्ठ
    बैशाख ५ ,२०८२

    टाेखा विस्का: जात्रा पाचौं दिन शुक्रबार बज्रयोगिनी मन्दिर गई जात्रा विसर्जन गरिएको छ।

    स्थानीय भाषामा जात्रा समापनको रस्त पुजा भोज  जात्राभरि बजाएका बाजागाजाहरू सबैजना पाँचौं दिनमा बज्रयोगिनी माईकोमा गएर जात्राको विसर्जन गरियो भने कोहि मसानकाली पिगद्य: इन्द्रायणी मन्दिर गइ पुजाआजा गरि भोज खाइ  एक वर्षको लागि जात्रा विसर्जन गरियो भनी आशीर्वाद लिइ  फर्किन्छ।

    टाेखा नगरपालिका वडा नं -२ मा रहेकाे श्री सपन तीर्थ मन्दिरमा वैशाख १ गते ठूलो मेला लाग्छ त्यो मेलासँगै २ गतेदेखि ४ गतेसम्म बिस्का नख जात्रा सँगै टोखामा रहेको बज्रयोगिनी माईकोमा गई पूजाआजा गरी जात्रालाई विसर्जन गर्ने चलन रहिआएको छ। धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको टोखामा चैत मसान्तदेखि सुरु भएको विस्का नखः (जात्रा) मा नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म जात्रा मनाइएको हो।

    वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको छ । वैशाख २ गते बिहान टोखा नगरपालिकाको वडा नं २ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन थने लाछिमा लगेर बिसाइन्छ ।
    वैशाख ३ गते बिहान ६ बजे थने लाछिमा सिन्दूर जात्रा गरेर उठाइएको रथ दिउँसो १ बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ । बिहान ६ बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठीयारको घरमा लगेर बाली उठाउने गरिन्छ । र दिउँसो १ बजेदेखि ३ बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।

    त्यही दिन साँझ ३ बजे उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको  नारायण पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को क्वने लाक्षिमा लगेर बिसाइन्छ । र सोहि दिन टाेखा पौराणिक नाच या प्याखं र नाग प्याखं नाच ११ बजे सम्म नचाएपछी  रातभर गुठीयार र विभिन्न बाजागाजा खलःहरू बसेर रातभर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन रहेको छ । ४ गते क्वने लाछी बिहान रथलाई उठाएर नगर परिक्रमा गरिन्छ भने पिगं द्य: इन्द्रायणी मन्दिर भने आफ्नो बालीहरू उठाउन छिमेकीको घर घर टाेलमा बस्न जान्छ बालि ल्याएर बिसाउँछ र दिउँसो २ बजे जरंछेंबाट सिन्दुर जात्रा गरी सबै टोल परिक्रमा गराई आसनसित वस्त्र ओछ्याएर अनुशासित ढंगले रथलाई लाइनबद्ध रुपमा जिवित देवी गणेश र कुमारीलाई अगाडि राख्दै रठहरू पछिपछि लाइनबद्ध रुपमा आई बाजागाजा क्रमबद्ध रूपमा आएर टोलटोल परिक्रमा गर्दै यँसी ३,३ पटक परिक्रमा गर्दै आआफ्नो भित्र्याउने स्थानमा विराजमान हुन्छन्। गणेशको तीनटा रथ सपन तीर्थ, अशोक विनायक, चन्द्रविनायक, मसानकाली पिगं धः, चण्डेश्वरी महादेव र सरस्वती सबै देवीदेवतालाई बोकेको रथ आफ्नो पुजारीहरूले रथ भित्र आइन्छ र जात्रा समापन हुन्छ। जात्रा समापनसँगै जात्राभरि बजाएका बाजागाजाहरू पाँचौं दिनमा बज्रयोगिनी माईकोमा कोहि मसानकाली पिगद्य: इन्द्रायणी मन्दिर गएर जात्राको विसर्जन गरिएको थियो ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै