टाेखालाइभ डट कम/ बैशाख १,२०८०
काठमाडौँ ।नेपालकै तिर्थस्थलहरु मध्य सपनतिर्थ गणेश मन्दिर पनि एक हो।प्रत्येक नयाँ वर्ष को सुरवातसंगै टोखा नगरपालिका वडा २ स्थित प्रसिद्ध धार्मिक स्थल सपनतीर्थमा मेलामा श्रद्धालुको उल्लेख्य घुँइचो लागेको छ । छालासम्बन्धि सबै रोगबाट मुक्ति पाउने विश्वासका साथ सपनतीर्थमा स्नान गरि पूजाआजा गर्ने परम्परादेखि नै चल्दै आएको छ ।आजदेखी सुरुभएको सपनतिर्थ मेला संगै नयाँ बर्ष स्वागत आफ्नै मौलिक शैलीले गर्दै आएका टोखावासीले ऐतिहासिक विस्केट जात्रा मनाउन सुरु गरेका छन् । टोखाको विस्केट जात्रा वैशाख १ गते सुरु भई वैशाख ४ गतेसम्म मनाउने गरिन्छ । मेला भर्न आउने भक्तजनले सपनतीर्थको पोखरीमा स्नान गर्दा निःसन्तानलाई सन्तान प्राप्त हुने र छालासम्बन्धि रोग नलाग्ने जनविश्वास रहेको छ ।सपनतीर्थमा मेला भने काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानबाट भक्तजनहरु सपनतीर्थमा भेलाभर्न उल्लेखनीय दर्शानार्थीहरुको घुइँचो लागेको छ। उपत्यकाका सबैभन्दा पुरानो जात्रारुपमा टोखाको प्रसिद्ध बिस्केट जात्रा भएको विश्वास गरिन्छ ।

स्थानीय सपनबिनायक , चण्डेश्वरी, गणेश , पिगंद्य इन्द्रायणी अजिमा, कोथुगणेश ,सरस्वती , महादेव लगायत सातवटा देवदेविताको विशेष पूजा गरिने यस जात्रामा जीवित देवी कुमारी, गणेश र नारायणको समेत पूजा र सिन्दूर जात्रा गरी भजन कीर्तनसमेत गरिन्छ ।भने जात्राको समापनमा बज्रयोगिनीको समेत पुजा गरिने परम्परा रहिआएको छ। सपनतीर्थमा केही समय पहिलासम्म खोला थुनेर अस्थायीरुपमा पोखरी निर्माण गर्ने गरिएको तर अहिले भने स्थायीरुपमा नै पोखरी निर्माण गरिएको सपनातिर्थ मेला व्यवस्थापन समितिका अध्यक्ष देवराज डंगोलले जानकारी दिनुभयो ।
मेलासंगै टोखाको प्रसिद्ध बिस्केट जात्रा पनि सुरु भएको छ । नयाँ वर्ष संगैलाग्ने सपनर्तीथ मेलासंगै विस्केट जात्रा लगायतका अन्य जात्राहरुलाई पछिल्लो पुस्तामाझ सहज हस्तान्तरण र पुस्तान्तरण गर्दै युवापुस्तालाई अगाडि बढाउन विभिन्न भुमिकामा आफू अग्रसर भैरहेको टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले बताउनुभयो । जात्राकै क्रममा आजै साँझ ३ देखि बजे टोखाको भूतखेल स्थित पिगंद्य इन्द्रायणी अजिमा मन्दिरमा पञ्चबली दिइएको छ । पञ्चबलीमा नाग,जलचर,पशुपंक्षीलगायतको बली चढाउने गरिन्छ ।
सपनतिर्थ मन्दिरको किवदन्ती :-
टाेखाको सपनतिर्थ मन्दिरमा परापुर्वकालदेखि नै दुधमुखी र बहुमुखी नामका सिद्ध पोखरी रहेका छन् । किवदन्ती अनुसार यस पोखरीको पानीले हातमुख धोएमा वा स्नान गरेमा छालाको चर्म रोग निको हुने विस्वास गरिन्छ। किवदन्ती अनुसार परापुर्व कालमा सत्यवन्त नामका एक जना राजा थिए ।सत्यवन्त राजाका सात जना छोरी थिइन।सात जना छोरी मध्य सत्यवन्तका कान्छी छोरी सत्यकेशरीलाई गरिव , असहाय ,अपाङ्ग कुष्ठरोगीसंग विवाह गरिदिएका थिए ।कान्छी छोरी सत्यकेशरीलाई दाइजो पनि केही दिइएन।आफ्नो कर्ममा लेखिआए अनुसार शिरोधर गरि उनी आफ्नो रोगी पतिसंग घर गै गृहस्थ सम्हाल्न थाले। दिनहरु बित्दै गए खान लाउन समस्या भएकोले सत्यकेशरी बाक्नको लागि आफ्नो घर छोडेर भिख माग्ने जाने क्रममा एकदिन उनी श्री सपनतिर्थ मन्दिर परिसरसंगै रहेको सिद्ध पोखरी नजिकै रहेको पाटीमा पुगिन। सत्यकेशरीले आफ्नी अपांग भएका पतिलाई छोडी उनी आफू भने भिख माग्न शहर तिर लागिन ।

त्यही समयमा सिद्ध पोखरीमा गाइवस्तु चराउन आएका गोठालाहरुले किरा फटयांग्राहरुलाई खोजेर ल्याउदै खुट्टा पखेटा छुट्टाउदै त्यस सिद्ध पोखरीमा फाल्दै गरेको र ती किरा फटयांग्राहरु फेरि जस्ताको त्यस्तै भै पुनः फुरुरु उडेर जाने एवं तरिकाले ती प्रक्रियाहरु चलिरहेको थियो । सत्यकेशरीकि कुष्ठरोगी पतिले पनि निकैबेर त्यो क्रियाहरु देखिरहे पछि त्यो दृश्य देखेर केही समय पछि आफ्नो शरीर पनि अपांग र कुष्ठरोगी भएकोले मलाई पनि यसै पोखरीमा स्नान गर्न पाए डुबाइ दिए त म पनि त सवलाङ हुने थिए कि भनेर निक्कै सोच विचार गरिरहे ।धेरै सोच विचार गरेपछि त्यही सिद्ध पोखरीमा खेल्दै रमाइरहेका गोठालाहरुलाई बोलाइ आदरताका साथ मलाई पनि त्यस पोखरीमा लागि डुबाइदिनुस् न भनी म पनि किरा फटयांग्राहरु जस्तै स्वस्थ र सपाङ पो हुने थिए कि भनेर अनुरोध गर्न थाले तर कसैले पनि यो कार्य गर्न मानेनन र आतं पनि गर्न सकेन। कहि कतै अप्रिय घटना भयो हामीलाई दोष लाग्छ। तर कुष्ठरोगीले गोठालाहरुका सामु धेरै लामो समयसम्म अनुनय विनय गर्दै आफ्नो अदान हठ नछाडे पछि फलस्वरुप गोठालाहरुले लठ्ठीको सहायताले पल्टाइदिएर त्यही पोखरीमा हाम्फाल्दा केही बेर पछि आफ्नो शरीर सवलाङ रूपमा परिणत भयो। यो देखेर सबै जना आस्चर्य र चकित अदभूत दृश्यको सामना गर्नु पर्यो।उनी पनि आचम्मित खुशी गदगद भएर आफ्नो हात खुट्टा छाम्दै पहिलाकै ठाँउमा आएर बसे। यो देखेर गोठालाहरुले हल्ली खल्ली गरे पछि सबै ठाँउ बाट हेर्न आउने मानिसहरुको निक्कै घुइँचो लाग्न थाले । त्यसै समयमा भिख माग्न गएकि सत्यकेशरी पनि आइपुग्दा मानिसहरुको भिडमा आफ्न पतिलाई नदेख्दा र त्यो देखेर पतिले कुष्ठरोगी पतिमै हु भनेर चिनाउन थाले । यसै किवदन्ती अनुसार हाल सम्म पनि यो पोखरीमा स्नान गर्नाले कुष्ठरोग निको हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।

