टाेखालाइभ डट कम/नविना श्रेष्ठ
चैत्र १९,२०७९
भक्तपूरमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक र राष्ट्रिय सहायक प्रशिक्षकहरुलाई एक कार्यक्रमवीच स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाका भक्तपुरले भव्य कार्यक्रम गरी सम्मान गरेको छ।
नेपाल स्काउट बागमती प्रदेशका संयोजक शिवराम अर्यालले सम्मान प्रदान गर्नुभयो। कार्यक्रममा स्काउटको एडभान्स तालिम (चौथौं तह) उतीर्ण गर्न सफल स्काउटहरुलाई एडभान्स स्कार्फ र उड्विड्स वितरण गरिएको हो ।

कार्यक्रममा नेपाल स्काउट बागमति प्रदेशका सल्लाहकारद्धय रामगोपाल कर्माचार्य, भक्त राजभण्डारी, सदस्य अच्युत प्रजापति, आयोजक संस्थाका संयोजक कृष्णसुन्दर प्रजापतिलगायतले सम्मानित स्काउटहरु तथा एडभान्स तालिममा उतीर्ण हुन सफल स्काउटहरुले स्काउटको अनुशासन रहेर देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका थिए।

