• TOKHA LIVE

      TOKHA LIVE

    • १८ श्रावण २०८३, सोमबार १६:०५

    रोटरी क्लब अफ कपनद्वारा वृक्षारोपण तथा स्वास्थ्य सेवा सहयोगका कार्यक्रम अघि बढाइँदै

    नविना श्रेष्ठ
    साउन १८,२०८३

    काठमाडौं । रोटरी क्लब अफ कपनले सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई स्वास्थ्य उपकरण सहयोग गर्ने तथा वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

    रोटरी क्लब अफ ताइचुङ ताइवानको सहयोगमा रोटरी क्लब अफ कपनमार्फत सामुदायिक स्वास्थ्य सेवा परिषद् तल्लो आवासको अपरेसन थिएटर सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न अमेरिकी डलर ४६ हजार बराबरको रकम प्राप्त भएको क्लबले जनाएको छ।

    उक्त सहयोग रकमबाट त्रिपक्षीय सम्झौतामा समावेश गरिएका स्वास्थ्य उपकरणहरू खरिद गरी प्रक्रिया पूरा भएपछि सामुदायिक स्वास्थ्य सेवालाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ। हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ ताइचुङ ताइवानका प्रतिनिधिलाई समेत निमन्त्रणा गरिने जनाइएको छ।

    क्लबले ग्रान्ड प्रोजेक्ट सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानार्थ सदस्य प्रा. डा. बुलन्द थापा तथा अन्तर्राष्ट्रिय सेवा एवं अनुदान विभाग निर्देशक निशा अधिकारी थापाप्रति धन्यवाद व्यक्त गरेको छ।

    स्वास्थ्य उपकरण खरिद प्रक्रियालाई अघि बढाउन क्लब सचिव विष्णुप्रसाद अधिकारी, निशा अधिकारी थापा, SGT-At-Arms प्रकाश कुमार श्रेष्ठ र इलेक्ट प्रेसिडेन्ट दीपकचन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ।

    रोटरी क्लब अफ कपनको बैठक अध्यक्ष मञ्जु श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको छ। बैठकले वातावरण संरक्षणअन्तर्गत वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, रोटरी क्लब अफ ताइचुङ ताइवानलाई स्वागत गर्ने, दाँत तथा आँखा स्वास्थ्य शिविर आयोजना गर्ने लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

    क्लबले असार १५ मा दही–चिउरा खाने तथा साउन १५ मा खिर खाने कार्यक्रमसमेत सम्पन्न गरेको जानकारी दिएको छ। बैठकमा पूर्वअध्यक्ष प्रह्लाद दाहाल, सचिव, सदस्यहरू तथा नयाँ सदस्यहरूको सहभागिता रहेको थियो।

    रोटरी क्लब अफ कपनले सामाजिक सेवा, स्वास्थ्य सहयोग तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

  • छुटाउनुभयो कि? सबै