• TOKHA LIVE

      TOKHA LIVE

    • ११ असार २०८३, बिहीबार २१:५३

    बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा विपद् सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न

    नविना श्रेष्ठ
    असार ११, २०८३

    हेटौँडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी १० दिने कृत्रिम अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    नेपाल सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, नेपाल स्काउट बागमती प्रदेश, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा भूकम्प तथा आगलागीजन्य विपद्का अवस्थाहरूलाई केन्द्रमा राखेर अभ्यास गरिएको थियो।

    कार्यक्रमको समापन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री Indra Bahadur Baniya प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने आन्तरिक मामिला तथा कानून मन्त्री Shivaraj Adhikari विशेष अतिथि तथा मन्त्रालयका सचिव कृष्णबहादुर शाही सहभागी रहेका थिए।

    यसअघि असार ९ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा ‘हातेमालो’ नामक गोलबद्ध अभ्यास (Table Top Exercise–TTX) समेत सम्पन्न गरिएको थियो। नेपालमा बाढी, पहिरो, भूकम्प तथा आगलागी जस्ता प्राकृतिक विपद्का कारण प्रत्येक वर्ष ठूलो जनधनको क्षति हुने गरेको सन्दर्भमा यस्ता अभ्यासहरूलाई पूर्वतयारी र क्षमता अभिवृद्धिका दृष्टिले महत्वपूर्ण मानिएको छ।

    विशेषगरी २०७२ सालको गोरखा भूकम्पपछिको खोज, उद्धार तथा राहत व्यवस्थापनका क्रममा देखिएका चुनौतीहरूलाई ध्यानमा राख्दै विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य क्षमताको विकासका लागि यस्तो अभ्यास सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

    असार २ गतेदेखि ११ गतेसम्म लगातार १० दिन सञ्चालन भएको कार्यक्रममा विभिन्न निकायका सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्‍याएका हेटौँडा उपमहानगरपालिकाको Crew Pangolin Open Scout Crew तथा मनहरी गाउँपालिकाको Manahari Open Scout Crew का स्वयंसेवकहरूलाई विशेष सम्मान समेत गरिएको थियो।

    विपद् व्यवस्थापन तथा उद्धार कार्यमा युवाहरूको सक्रिय सहभागिता प्रेरणादायी रहेको उल्लेख गर्दै आयोजकहरूले आगामी दिनमा पनि यस्तै सहकार्य, समन्वय र प्रतिबद्धताको अपेक्षा गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै