Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
कतिपय मानिसमा खाना खाई सक्नासाथ चिया वा कफि पिउने बानी रहेको पाइन्छ । हामी मध्यमै पनि कतिपयमा यस्तो बानी हुनसक्छ । तर अमेरिकाको स्वास्थ्य संस्थाले गरेको अध्ययन अनुसन्धान अनुसार खाना खाइसक्नासाथ चिया वा कफि पिउनु स्वास्थ्यको लागि निकै घातक हुने चेतावनी दिएका छन् ।
यसै अनुसन्धानमा संलग्न विशेषज्ञ माइकल अवे भन्छन्– “यसरी खाना खाइसकेपछि चिया वा कफिको सेवा गर्दा स्वस्थ मानिसलाई पनि रक्त अल्पताको शिकार बनाउने गर्दछ । अझ गर्भवती महिलाले खाना खाने वित्तिकै कफिको सेवन गर्नु राम्रो हुँदैन । यसले कफिको मात्रा बढाउँछ र गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसको साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ र जन्मदै शारीरिक एवं मानिसक रुपमा अपांग पनि हुन सक्छ ।”
दक्षिण एशिया र अफ्रिकामा सबैभन्दा बढी भोकमरी
पछिल्लो तथ्यांक अनुसार विश्वका एक अर्ब मानिस अल्पपोषणबाट ग्रसित छन् । विश्व भोकमरी सूचकांक २०१९ ले बालकुपोषणको मुख्य कारण विश्वव्यापी भोकमरी भएको देखाएको
छ । जसबाट विश्वका करिब आधा बालबालिका प्रभावित छन् । सहारा अफ्रिका र दक्षिण एशियाका मुलुकमा भोकमरीको सबै भन्दा उपल्लो तहमा देखाएको छ ।
रिपोर्टका लेखकहरुले ती मुलुकलाई विश्व भोकमरी घटाउन बालकुपोषणको सामना गर्न आह्वान गरेका छन् । विश्व भोकमरी सूचकांक अन्तर्राष्ट्रिय खाद्य नीति शोध संस्था र कन्सर्न वल्र्डवाइडले तयार गरेको हो ।
राष्ट्रसंघीय खाद्य तथा विश्व संगठनले दैनिक १ हजार ८ सय किलो क्यालोरी भन्दा कम पोषण पाउनेलाई भोकको स्थिति भनेको छ । स्वस्थ र उत्पादन जीवनका लागि न्यूनतम १ हजार ८ सय किलो क्यालोरी आवश्यक पर्छ ।
सन् १९९० देखि २०१० सम्मको बीचमा कुपोषण ग्रस्त मानिसको संख्या घटे पनि हालैको वर्ष संख्या निरन्तर बढिरहेको बताउँछन् । सन् २०१९ को तथ्यांकले संसारमा १ अर्ब मानिसले पेटभरी खान नपाएको देखिन्छ ।
विश्वव्यापी स्वास्थ्य सूचकांकले १ सय २२ वटा विकासशील र संक्रमणकाल दोहोरिएका मुलुकहरु समेटेको छ । खासगरी सहरा अफ्रिका र दक्षिण एशियाका २९ वटा मुलुकमा भोकको अवस्था ज्यादै चिन्ताजनक रहेको उल्लेख छ । विशेष गरी २ वर्ष भन्दा माथि उमेरका बालबालिकामा कुपोषणको असर उल्टाउनै नसक्ने खालको छ । सूचकांकले उत्तर कोरिया र अफ्रिकी मुलुकहरुका १० वटामा भोकको संख्या बढिरहेको देखाएको छ । कंगोमा पनि भोकको समस्या विकराल छ । जहाँ भोकमरी ६५ प्रतिशत भन्दा बढीले उकालो लागेको छ । त्यसैगरी बुरुन्डी र मडागास्करमा पनि पर्याप्त पोषण नभएकोले आधा बालबालिकाको विकास प्रभावित बनेको छ ।
खाद्यान्नको विश्वव्यापी मूल्यवृद्धि र विश्वव्यापी आर्थिक मन्दीले पछिल्लो बढोत्तरीमा योगदान दिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी छिमेकी मुलुक भारतमा पनि २ वर्ष मुनिका बालबालिकामा कुपोषणको सबैभन्दा बढी खतरा रहेको छ । करिब ३० करोड बालबालिकाहरु भारतमा अल्पपोषण र मानसिक विकासमा हानी गरेको प्रतिवेदनमा भनेको छ ।
अमेरिकीहरुको औसत आयु घट्यो
अमेरिकामा अत्यधिक लागु औषध र औषधिको बढ्दो प्रयोगका कारण सबै अमेरिकीहरुको औषत आयु केहि घट्न पुगेको छ । अमेरिकी सरकारको एक प्रतिवेदन अनुसार सन् २०१९ को मध्य सम्म लागु औषध र ओभरडोजका कारण ८० हजार भन्दा बढी मृत्यु भएको उल्लेख छ । शनिवार प्रकाशित एक प्रतिवेदन अनुसार आदिवासी अमेरिकनहरुको औसत आयु भने ५ वर्षले बढेको छ ।
अमेरिकाको हेल्थ सेन्टरले संकलन गरेको तथ्यांक अनुसार अमेरिकी पुरुषहरुको औसत आयु सन् २०१८ मा ७५ दशमलव ३ वर्ष रहेको थियो जुन २०१७ को औसत आयुभन्दा १ दशांक वर्षले कम हुन आउँछ । सोही अवधीमा महिलाहरुको औषत आयु ८० दशमलव ४ वर्षबाट घटेर ८० दशमलव ३ वर्षमा झरेको थियो ।
अमेरिकामा पछिल्लो वर्षमा अफिमको प्रयोग बढेको, दुखाई कम गर्ने औषधिको प्रयोग बढेको तथा हेरोइन र फेन्टानाइल जस्ता लागु औषधको मात्रा प्रयोग बढेको छ । यसको साथै औषधिको अतिरीक्त प्रयोग ओभोरडोज मानिएको छ ।
सबैभन्दा बढी औसत आयु हुनेमा अमेरिकन आदिवासी पुरुष र महिलाहरु पर्दछन् । यि दुबै विगत ३ दशकदेखि नै एकनासको देखिएको छ ।
अमेरिकामा छिटो मृत्यु हुने प्रमुख कारणमा मुटुरोग र त्यसपटि क्रमशः क्यान्सर, हृदयघात, निम्न श्वासप्रश्वास, लागु औषध मृत्युको प्रमुख कारण थिए । ओभोरडोज मृत्युको छैठौं प्रमुख कारण थियो ।
स्रोत ः विश्व स्वास्थ्य संगठन

