• TOKHA LIVE

    • १८ फाल्गुन २०७९, बिहीबार १७:५८

    धार्मिक पर्यटन महोत्सवका साथ कागेश्वरीमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ गर्ने तयारी

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    फागुन १८,२०७९

    धार्मिक पर्यटन महोत्सवका साथ कागेश्वरी धाममा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ गर्ने तयारी भइरहेको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित कागेश्वरी धाममा बिराट धार्मिक पर्यटन महोत्सव यहि आउँदो फागुन २१ गतेदेखी २९ गतेसम्म कागेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा सञ्चालन हुने श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम् बिराट धार्मिक पर्यटन महोत्सव गर्न लागिएको वडा अध्यक्ष समेत रहेका महोत्सव आयोजक समितिका संयोजक मुकुन्द प्रसाद गजुरेलले जानकारी दिएको छ।

    महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न नगरपालिकाका वडाहरुमा सरोकारवालाहरुसंग छलफल समेत गरिएको थियो। कागेश्वरी मनोहरा वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयाल र ७ का अध्यक्ष भिमसेन थापाको पहलमा सोमबार सरोकारवालाहरुसंग छलफल भएको थियो। उनीहरुले कागेश्वरी धाम धार्मिक र पर्यटकीय हिसाबले ऐतिहासिक ठाउँ भएको बताउदै सो ठाउँमा हुन लागेको धार्मिक पर्यटन महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न सरोकारवालाहरुलाई सक्रिय भएर लाग्न आग्रह समेत गरेको छ।

    ‘बिराट धार्मिक पर्यटन महोत्सव’ हुने दिन नजिकिदै गर्दा द्रुत गतिमा तयारी हुँदै गरेको बताए। धार्मिक पर्यटन प्रबद्र्धन गर्ने र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर कागेश्वरीप्रतिको आर्कषण बढाउने उद्देश्यले आयोजना गर्न लागिएको बिराट धार्मिक पर्यटन महोत्सवमा सहभागी हुन समेत वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले अनुरोध गरेका छन। प्रचार प्रसारको लागिफाल्गुन १९ गते बिहान ७ बजे बिशाल मोटरसाइकल र्याली गरिनुको साथै फाल्गुन २१ गते शालीनदी, बागमती र मनोहराबाट बिशाल कलशयात्रा समेत गरिने आयोजकले जानकारी गराएका छन। कलशयात्रीलाइ हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिने आयोजकले जानकारी गराएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै