• TOKHA LIVE

    • ११ आश्विन २०८२, शनिबार ०९:२८

    सिंहदरबार पुनर्निर्माणमा मेयर्स फोरमको ५ करोड सहयोग

    काठमाडौँ, असोज १२।
    काठमाडौं उपत्यकाका मेयरहरूको साझा संस्था मेयर्स फोरमले ऐतिहासिक सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

    ललितपुरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरमले राष्ट्रको धरोहरसमेत मानिने सिंहदरबारलाई पुनः पहिलाको गौरवमा फर्काउन आफ्नो तर्फबाट योगदान गर्न लागेको जानकारी दियो।

    त्यसैगरी, फोरमले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई १ करोड रुपैयाँ सहयोग गर्ने र जेन-जी आन्दोलनका क्रममा तोडफोड भएका प्रहरी चौकी तथा स्थानीय तहका भवनहरूको पुनर्निर्माणमा समेत सहयोग गर्ने जनाएको छ।

    गत आन्दोलनका क्रममा उपत्यकाका १२ स्थानीय तहका भवनमा तोडफोड र आगजनी भएको थियो। फोरमका अनुसार ती भवनहरूका क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग प्रदान गरिनेछ। सिंहदरबारलाई पुनः ऐतिहासिक गौरवमा फर्काउने यो प्रतिबद्धताले देशभर आशा जगाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै