• Sanu Raj Dangol

    • ५ फाल्गुन २०७९, शुक्रबार २१:४८

    टाेखामा १६ औं नेपाल भाषा साहित्य तः मुज्या फागुन ७ गते हुने

    टोखालाइभ डट कम/फाल्गुण , २०७

    काठमाडौं /जनता म्वासा भाषा म्वाइ: ’जनता बाचे भाषा बाच्छ ‘भन्ने मुल मर्मका साथ नेपाल भाषा साहित्य तः मुज्या टाेखाको आयोजनामा १६ औं नेपाल भाषा साहित्य तः मुज्या यहि फागुन ७ गते हुने भएको छ। नेपाल भाषा साहित्य तः मुज्या स्थापना कालदेखि नै नेपाली भाषा र नेपाल भाषा साहित्यको संरक्षण, प्रवर्ध्दन र सम्बर्द्धनका लागी अनवरत क्रियाशील रही टाेखामा वि.सं. २०६४ सालमा प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते ‘जन साहित्य समाज’नेपाल भाषा साहित्य तः मुज्याको स्थापना भएको थियो ।नेपाल भाषा साहित्य तः मुज्याले नेपाली र नेपाल भाषा साहित्यको संरक्षण र प्रबर्द्धनमा जोड दिदै साहित्यहरूमाथि बहस गर्ने र नयाँ पुस्तालाई यसकाबारे जानकारी समेत दिदैं आएको छ।

    प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तः मुज्या तथा जनसांस्कृतिक कार्यक्रम फागुन ७ गते टाेखा नगरपालिका वडा ३ स्थित क्वने लाछीमा बिहान ११:००  बजेदेखि नेपाल भाषा साहित्य तः मुज्या कार्यक्रम सुरु हुने आयोजकले बताएको छ।   यस अघि यो जन साहित्य सम्मेलनबाट कार्यक्रम आयोजना हुँदै आएको थियो । १६ औं नेपाल भाषा साहित्य तः मुज्या तथा जनसांस्कृतिक कार्यक्रमलाई भव्य रूपमा सफल पार्न सम्पूर्ण आमा, बुबा,दाजुभाई तथा दीदीबहिनीहरूलाई सहभागीको लागि सबैमा आयोजकले अनुरोध गरेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै