टाेखालाइभ डट कम/माघ २८,२०७९
काठमाडौं /टोखा नगरपालिका वडा नं २ र ३को सिमानामा रहेको प्राचीन श्री श्वेत भैरव मन्दिर ( हासद्य:) निर्माणको लागि आज प्रमुख अतिथी टोखा नगरप्रमुख प्रकाश अधिकारी, बिशिस्ट अतिथी टाेखा वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,बिशिस्ट अतिथी टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल र मन्दिरका पुजारीद्वारा सयुक्त रूपमा शिलान्यास सम्पन्न गर्नुभएको छ। टोखा नगरपालिकाको बिशेष पहलमा पहिलो चरणमा टाेखा नगरपालिका वडा २ बाट यस आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि श्री हास द्य: निर्माण उपभोक्ता समितिले निर्माण सुरु गर्न लागेको हो।

त्यस्तै श्वेत भैरव मन्दिर ( हास द्य:)निर्माणको नपुग रकम दोस्रो चरणमा टाेखा नगरपालिका वडा ३ बाट ७ लाख बजेट बिनियोजन हुने र पुनः टाेखा नगरपालिकाबाट १२ लाख बजेट गरि २९ लाखमा मन्दीर निर्माण सम्पन्न हुने लक्ष्य लिएको हास द्य: निर्माण उपभोक्ता समितिका अध्यक्ष शंख नारायण श्रेष्ठले बताउनुभयो । परापुर्व कालदेखि नै टोखा श्वेत भैरव मन्दिर ( हास द्य:) विभिन्न जात्रा चाडपर्व पुजा अर्चना हुँदै आइरहेको श्वेत भैरव मन्दिर ( हास द्य:) नव दुर्गा नाचमा ङालाकेगु (माछा मार्ने )जात्रामा नेतृत्व गर्ने श्वेत भैरव मन्दिर यहाँ बिराजमान भएको टाेखाका मुलनाइके हेमराज श्रेष्ठले बताउनुभयो । उहाँले यो मन्दिर लिच्छविकालीन हुन सक्ने आकलन गर्दै उक्त मन्दिरको शिलालेख भने अहिलेसम्म नभेटिएको बताए।

हाल श्वेत मन्दिर ( हासद्य:) को ४ जना पुजारीको पालै पालो सक्रियतामा पुजापाठ देखि संस्कृति चलाउन अफ्नै आर्थिक स्रोतबाट नित्यकर्म चलाउदै आइरहेको अहिले यो गूठी पनि लोप हुने अवस्थामा पुगिसकेको खल:का एक सदस्यले बताए। श्वेत भैरव मन्दिर ( हासद्य:)को उचित संरक्षणको अभाव देखिएपछि जिर्ण अवस्था सिर्जना भएपछि परापुर्व कालीन प्राचीन श्वेत भैरव मन्दिर ( हासद्य:) मन्दिर संरक्षण गर्न टाेखा नगरपालिका ,टाेखा वडा ३ का अध्यक्ष रमेश डंगोल , टाेखा वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठको अग्रसरतामा बन्न लागेको मन्दिर अगाडि बाट ३ तले र मुलबाटोबाट २ तले मन्दिर भरपुर काष्ठकलाको बुट्टेदार मौलिकपना झल्कनेछन्। निर्माण हुने ३ तले कलात्मक श्वेत भैरव मन्दिर ( हासद्य:)को ग्रफिक स्केच सुनिता श्रेष्ठले निर्माण गरेका हुन् ।

पुरातात्त्विक बज्र, चुन ,सुर्की र मौलिक ईता बाट निर्माण हुने ३ तले कलात्मक श्वेत भैरव मन्दिर ( हासद्य:)को बुगं,खोकनाका वरिष्ठ कलाकार चन्द्रमान शाक्य लगायतको टिमले श्वेत भैरव मन्दिर ( हास द्य:) निर्माणमा भरपुर कलात्मक मौलिक काष्ठकला झल्काउन विशेष योगदान दिने कलाकार शाक्यले बताए । वरिष्ठ कलाकार चन्द्रमान शाक्य यसै वर्ष टाेखा कला पुच:का कलाकर्मीहरुको पहल कदमले शिल्प शैलीको ग्वर्याख:/ गोरेख पुर्ननिर्माणमा अहम भुमिका निर्वाह गरेको टाेखा नगरपालिका वडा नं २ को गोरेख निर्माण उपभोक्ता समितिको पहलमा निर्माण सम्पन्न भएको गोरेख:मा पनि उहाँले कलात्मक काष्ठकला भरेका थिए । टाेखा नगरपालिका वडा नं २ को गोरेख निर्माण उपभोक्ता समिति जस्मा बुगं,खोकनाका वरिष्ठ कलाकार चन्द्रमान शाक्य लगायतको टिमले उक्त ग्वर्याख:/गोरेखमा निर्माणमा भरपुर कलात्मक मौलिक काष्ठकला झल्काउन विशेष योगदान दिएका थिए ।

हासद्य: निर्माण उपभोक्ता समितिका अध्यक्ष शंख नारायण श्रेष्ठले टाेखाको मठमन्दिरहरु मौलिक कला झल्काउन लागिरहेका युवाहरुको संस्था ‘टाेखा कला पुच:’द्वारा निर्माण कार्य अगाडी बढाएपछि पहिलो चरणमा गोरेख(ग्वर्याख:)कलात्मक शिल्प शैलीमा पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो चरणमा हाल निर्माणधिन प्राचीन मन्दिर टोखा श्वेत भैरव मन्दिर ( हासद्य:)को पनि सफलता पुर्वक सम्पन्न हुने अपेक्षा लिएको उपभोक्ता समितिका अध्यक्ष शंख नारायण श्रेष्ठले बताए । श्वेत भैरव मन्दिर ( हासद्य:)निर्माणको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि टोखा नगरप्रमुख प्रकाश अधिकारी, बिशिस्टअतिथि टाेखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,बिशिस्टअतिथि टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल ,अतिथिहरु वडा सदस्य हरिभक्त श्रेष्ठ , टाेखा नगरपालिका वडा ३ का सचिव सानू श्रेष्ठ,मुलनाइके हेमराज श्रेष्ठ,वरिष्ठ कलाकार चन्द्रमान शाक्य,टाेखा कला पुचका अध्यक्ष हरिबहादुर श्रेष्ठ ,पुजारीहरु,हासद्य: निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु,टाेखा कला पुच: का पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।


