• TOKHA LIVE

    • ३ माघ २०७९, मंगलवार १७:१२

    मध्यपुर थिमिमा ईतिहासमै पहिलो पटक स्काउट आधारभूत तालिम सम्पन्न

    टाेखालाइभ डट कम/ नविना श्रेष्ठ

    माघ ३,२०७९

    मध्यपुर थिमिमा इतिहासमै पहिलोपटक स्काउट आधारभूत तालिम सम्पन्न भएको छ। स्काउट तालिम अन्तर्गत ५१५औं BTC र ३७६औं PTC तालिम सफलता पूर्वक सम्पन्न भएको हो। BTC कोर्ष लिडर भुवन चरण श्रेष्ठ, सहायक कोर्ष लिडर हरिबहादुर श्रेष्ठ तथा PTC कोर्षका कोर्ष लिडर सुचिता सौंजु, सहायक कोर्ष लिडर रत्नश्वरी चवानको कुशल नेतृत्वमा संञ्चालित उक्त तालिम नेपाल स्काउट स्थानीय स्काउट कार्यालय मध्यपुर थिमिको आयोजना र मध्यपुर थिमि नगरपालिकाको लागत साझेदारीमा तालिम सम्पन्न भएको छ।

     

    कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी, विशिष्ट अतिथि मध्यपुर थिमि नगरपालिकाका स्थानीय स्काउट परिषद्का प्रमुख विजय कृष्ण श्रेष्ठ रहेको थियो। ४९ जना प्रशिक्षार्थीहरु सहभागी रहेको थियो। स्थानीय पालिका हरुलाई स्काउटको स्वामित्व दिने कार्यले स्काउटिङ् मार्फत शैक्षिक सामग्री सामाजिक एवं सास्कृतिक विकास तीव्र हुँदै गएको तथ्य प्रस्तुत गरिएको छ।

    कार्यक्रमका विशिष्ट अतिथि श्रेष्ठले स्काउटिङ् एउटा जीवन उपयोगी शिक्षा भएकोले अबको शिक्षामा यसको महत्व अझै बढ्दै जाने व्यक्त गर्दै आगामी वर्ष एडभान्स तालिमको अन्य स्काउटिङ् गतिविधिहरु सञ्चालन गर्न पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा मध्यपुर थिमिका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। त्यसैगरी समारोहमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य विजेन्द्र ध्वजु, स्थानीय नगरपरिषद् सचिव ज्ञानेन्द्र भट्ट तथा बागमती प्रदेश स्काउट संयोजक शिवराम अर्याल लगायतले स्काउटिङ्को महत्ववारे आ-आफ्नो धारणा व्यक्त गरेको थियो। स्काउटर सुरज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सहायक राष्ट्रि्य प्रशिक्षक दिल कृष्ण प्रजापतिले धन्यवाद मन्तव्य राखेका थिए। कार्यक्रमका सभापति स्थानीय संयोजक तुल्सी हरि प्रजापतिले समापन गर्नुभएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै