टाेखालाइभ डट कम/ पौष २२,२०७९
टाेखा नगरपालिका वडा ६ स्थित वन्डरल्यान्ड ईन्टरनेशनल स्कुलले ‘ ग्रयाण्ड प्यारेन्स डे ‘ हजुरबुबा ,हजुरआमादिवस आज विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । टाेखा नगरपालिका वडा ६ का वडाअध्यक्ष शान्ता खनाल पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । ‘ ग्रयाण्ड प्यारेन्स डे ‘ मा नर्सरी, एलकेजीका स–साना विद्यार्थी बालबालिका भाइबहिनीहरुले गीत तथा नृत्य,संगित र जिमन्यास्टिकमार्फत भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै विद्यालयकी प्राधानाध्यापक यमुना मानन्धरले स–साना विद्यार्थी बालबालिका भाइबहिनीहरुको आदर सत्कार उचित संस्कार सहितको पढाईका साथ साथै विद्यार्थीहरुको क्षमता बृद्धिको गतिविधिमा समेत लागि रहने बताउनुभयो। उनलेे स्तरीय शिक्षाको लागि आफुहरु सधैं प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सो अवसरमा विद्यालयले अध्ययन अध्यापनसँगै अतिरिक्त क्रियाकलापमासमेत त्यतिकै ध्यान दिएको बताउनुभयो। अतिरिक्त क्रियाकलाप प्रदर्शन गरेका कलाको उच्च प्रशंसा गर्नुहुँदै विद्यार्थीको उज्ज्वल भविष्यको लागि शिक्षकको साथ साथै ग्रयाण्ड प्यारेन्स हजुरबुबा ,हजुरआमाहरुले पनि उत्तिकै ध्यान पु¥याउनु पर्ने बताउनुहुँदै उहाँले क्षणीक नभई वास्तविक जीवनशैली अपनाउन विद्यार्थीहरुलाई आजै देखि सिकाउनु पर्ने बताउनुभयो । यसले विद्यार्थीहरुमा सामुहिक भावनाको विकास हुने बताउनुभयो । आजका विद्यार्थीहरुनै देश बनाउने कर्णधार भएको चर्चा गर्नुहुँदै उहाँले आजै देखि सहि शिक्षा र मार्गदर्शन दिन सकेको खण्डमा समुन्नत राष्ट्र बनाउन थप मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी टाेखा नगरपालिका वडा ६ का वडाअध्यक्ष शान्ता खनाल पौडेलले वन्डरल्यान्ड ईन्टरनेशनल स्कुलको लगनशीलता र साना बालबालिकाहरु नजिक हुन सक्ने ऊनीहरुसंगको भावना बुझ्न् सक्ने उहाँको क्षमता कला कौशलले गर्दा विद्यालयले राम्रो परिणाम हासिल गरेको बताउदै’ ग्रयाण्ड प्यारेन्स डे ‘ को अवसर पारेर साना भाइबहिनीहरुले देखाएको प्रस्तुती र कलाको प्रशंसा गरे। उनले भने– ‘साना भाइबहिनीहरुको प्रस्तुती, कला र क्षमता देख्दा वन्डरल्यान्ड ईन्टरनेशनल स्कुलले साना बालबालिकाहरु उनीहरुको उमेर अनुसारको गतिविधि गर्दै बालबालिकालाई भोलि भविष्यको एउटा राम्रो नागरिक ,देशको लागि योग्य नागरिक बनाउन यश स्कुल मार्फत राम्रो काम गर्नुभएको छ ।त्यसको लागि स्कुललाई यस वडाबाट उहाँहरुलाई गर्नुपर्ने सहयोगको साथै उहाँहरुले यस वडाबाट लिनुपर्ने सहयोगको लागि सधै हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले साँच्चै क्षमतावान विद्यार्थी उत्पादन गरेकोमा सम्पुर्ण सिङ्गो स्कुल परिवार र अभिभावक हजुरबुबा ,हजुरआमालाई बधाई तथा उतरोत्तर प्रगतिको शुभकामना दिदै उनले आगामी दिनमा पनि स्कुलले यस्तै तिक्ष्ण प्रतिभा भएका विद्यार्थी उत्पादन गर्नमा उल्लेख्य भुमिका खेल्न सकोस भन्दै सफलताको कामना दिए ।

विशिस्ट अतिथि ओलम्पियन वरिष्ठ धावक वैकुण्ठ मानन्धरले विद्यार्थी भाइबहिनीहरुको प्रस्तुती र कलाबाट प्रभावित भएको भन्दै आजको युगमा सैदान्तिक भन्दापनि व्यवहारिक नैतिक शिक्षामा जोड दिनुपर्ने बताए ।नैतिक व्यवहारिक संस्कार सिकाउन विद्यालयले धेरै मेहनत गरेको भन्दै विद्यालयको प्रसंशा गरे । उनलेे सावा भन्दा ब्याजको माया बढी लाग्छ भन्दै नातीहरुलाई ब्याजको संज्ञा दिदै हजुरबुबा , हजुरआमाहरुलाई यस्को परिणाम पछि निस्कने बताए । उनले आगामी दिनमा वन्डरल्यान्ड स्कुलको सफताको लागि कामनासमेत गरे । कार्यक्रममा अभिभावहरुले पनि व्यवहारिक र जिवनपयोगी शिक्षा प्रदान गरी विद्यार्थीको प्रतिस्पर्धी क्षमता अभिबृद्धिमा वन्डरल्यान्ड ईन्टरनेशनल स्कुलको पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
विद्यार्थीहरुको कला, क्षमता र प्रतिभाको उजागर गर्न र अभिभावकहरुसँग पनि प्रत्यक्ष संवाद गर्न सकियोस भन्ने उदेश्यले ‘ ग्रयाण्ड प्यारेन्स डे ‘ मनाउँदै आएको स्कुलका निर्देशक ईश्वर भक्त मानन्धरले बताए ।

बिद्यालयको गित हुँदै राष्ट्रिय गानबाट शुरू भएको कार्यक्रममा स्वागत गीत, विद्यालय गीत मात्र होइन, रमाइला गीत र नृत्यले सबैको मन छोएको थियो। त्यस्तै सो अवसरमा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतीक कार्यक्रम तथा चेतनामूलक नाटक समेत प्रस्तुत गरेका थिए।कार्यक्रममा स्कुलका शिक्षिका प्रजिता श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए। ग्रयाण्ड प्यारेन्स डे ‘ का अवसरमा आयोजना गरिएको विभिन्न खेलमा विजेता स–साना विद्यार्थी बालबालिका भाइबहिनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा सहभागी सम्पुर्ण विद्यार्थीहरुका जेष्ठ नागरिक ग्रयाण्ड प्यारेन्सहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

विशिस्ट अतिथि ओलम्पियन वरिष्ठ धावक वैकुण्ठ मानन्धरलाई वन्डरल्यान्ड ईन्टरनेशनल स्कुलको तर्फबाट विशेष सम्मान प्रदान गर्दै प्रमुख अतिथि टाेखा वडा ६ का वडाअध्यक्ष शान्ता खनाल पौडेलले दोसल्ला ओढाइ सम्मानित गरेका थिए । नेपाली धावक बैकुण्ठ मानन्धरले सन् १९७६ देखि १९८८ सम्म लगातार चार ओलम्पिक खेलहरूमा प्रतिस्पर्धा गरेका थिए । उनले दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्ण पदक जितेर कीर्तिमान बनाएका थिए।
ग्रयाण्ड प्यारेन्स डेमा खेलकुदमा सहभागीहरु प्यारेन्सहरुलाई पुरस्कार प्रदान गरेका थिए ।त्यस्तै ग्रयाण्ड प्यारेन्स डेमा सहभागीहरु मध्य सबैभन्दा बढी उमेरका जेष्ठ नागरिकहरु स्कुलमा अध्यनरत नर्सरीका सान्या आचार्यकी हजुरबुबा घनश्याम आचार्य र युकेजीका सरल लिम्बूका हजुरआमा पद्मकुमारी लिम्बूलाई विशिस्ट अतिथि ओलम्पियन वरिष्ठ धावक वैकुण्ठ मानन्धरले दोसल्ला ओढाइ सम्मानित गरेका थिए ।
ग्रयाण्ड प्यारेन्स डेलाई थप रौनकता बढाउन विशिस्ट अतिथिको रूपमा पाल्नुभएकी चर्चित गायिका लसता जोशीले लोकप्रिय गितहरु प्रस्तुति दिनुभएको थियोे । वन्डरल्यान्ड ईन्टरनेशनल स्कुलले आयोजना गरेको ग्रयाण्ड प्यारेन्स डे ‘मा प्रमुख अतिथि टाेखा नगरपालिका वडा ६ का वडाअध्यक्ष शान्ता खनाल पौडेल,विशिस्ट अतिथि ओलम्पियन वरिष्ठ धावक वैकुण्ठ मानन्धर , टाेखा नगरपालिका वडा ६ का सदस्यद्वय चन्द्र श्रेष्ठ ,तन्जु लुइँटेल, विद्यालयकी प्राधानाध्यापक यमुना मानन्धर र विद्यालयकका निर्देशक ईश्वर भक्त मानन्धर, ग्रयाण्ड प्यारेन्स तथा शिक्षक शिक्षिकाहरु कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

