• TOKHA LIVE

    • २० पुष २०७९, बुधबार १७:२८

     नवौ तारेभिर पर्यटन महोत्सव माघ १ र २ गते हुने

    टाेखालाइभ डट कम/ पौष २०,२०७९

    काठमाडौं/  नवौ तारेभिर पर्यटन महोत्सव हुने भएको छ। काठमाण्डौ उपत्यकाको उत्तरी भेगमा रहेको शिवपुरी पर्वत शृंखलाको प्रवर्धनका लागि विगत लामो समय देखि निरन्तर हुदै आएको सो महोत्सव यस पटक दुई दिन २०७९ साल माघ १ र २ गते संचालन हुने भएको हो। गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाको शिरमा रहेको शिवपुरी पर्वतको काखमा रहेको तारेभिर क्षेत्रको संस्कृति,प्रकृति र स्थानीय उत्पादनहरुको सम्वर्धन र प्रवर्धनका लागि २०७१ साल माघ १ गते शुरु भएको तारेभिर महोत्सवको नवौ शृंखलाको तयारी अन्तिम चरणमा पुगेको छ।

    स्थानीय उत्पादन , कला संस्कृती र पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले आयोजना हुँदै आएको सो महोत्सवमा स्थानीय महिला समुह , संघ संस्था तथा स्थानीय वासीहरुको सहभागीता रहने छ। यातायात र अन्य पुर्वाधारको कमिका कारण निकै कष्ट भोग्दै आएका सो क्षेत्रका वासिन्दाहरु महोत्सवका कारण ब्यापार र पर्यटक आवागमनमा वृद्धि गर्न महोत्सवले ठुलो भुमिका निर्वाह गरेको बताउँछन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै