Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
मानव जीवन सञ्चालनमा मुटुको गहन भूमिका हुन्छ । मुटु असुरक्षित र अशक्त बन्नु भनेकै जीवन खतरामा पर्नु हो ।
अहिले गलत खानपान र दूषित वातावरणमा बाँचेको आजको विश्वमा अधिकांश मानिसहरुलाई मुटुको रोगले सताएका नयाँ प्रतिवेदनहरु आनइरहेका छन् । यस भयानक रोगबाट बचाउने उपाय खोज्दा खोज्दै विश्व स्वास्थ्य संगठनमा अनुसन्धानरत वैज्ञानिकहरुले एक निष्कर्ष निकालेका छन् । त्यो हो– मुटुको रोग नलागोस् अथवा हृदयघात नहोस् भन्नेहरुले बिहान सूर्योदयभन्दा २ घण्टा अघि उठेर स्वच्छ हावामा नियमित रुपले १ घण्टा कस्सिएर हिँड्ने गर्नु जस्तो राम्रो अरु केही हुँदैन ।
यस अनुसन्धानमा अध्ययनरत वैज्ञानिक डा. जोसेफ रक भन्छन्– ‘बिहान नियमित रुपले हिँडेपछि आधा घण्टा जति व्यायाम गर्ने हो भने मुटुको रोगले छुन सक्दैन । अधिकांश मुटुका रोगीहरुका लािग बिहानी समय सर्वोत्तम र खतरामुक्त हुन्छ । यो समयमा हिँड्ने बानी बसाले मुटुलाई बचाउनका लागि कवच साबित हुन्छ । उक्त हिँडाइले पेटलाई सफा पनि गहिरिन्छ । अनावश्यक वस्तु बाहिर निस्कनु भनेकै मुटुको रोगबाट मुक्ति पाउनु हो ।’
त्यसै गरी मानिसको मुटुमा कुन तत्वले विकार उत्पन्न गराएर हृदयघात र मुटुलाई बिरामी पार्छ भन्नेबारे विश्व स्वास्थ्य संघले नयाँ जानकारी प्रकाशमा ल्याएको छ । त्यस विश्व स्वास्थ्य संघको प्रतिवेदनअनुसार मुटुलाई प्रत्यक्ष रुपमा प्रतिकूल पार्ने मुख्य कारणमा धूम्रपान, मध्यपान, चिल्लो खानपान, शारीरिक निष्क्रियता, तनाव, मानसिक दुर्बलता र दोषपूर्ण जीवनशैली आदि नै मुटुमा विकार पैदा गर्ने कारण र तत्व हुन् । यस सम्बन्धमा वैज्ञानिक डा. जोसेफ भन्छन्– ‘यदि धूमपान छोड्ने हो भने ३ वर्षभित्र ५० प्रतिशत मुटुको रोग कम हुन्छ । दैनिक बिहान हिँडाई र व्यायाम गर्ने हो भने ३०–४० प्रतिशत मुटुको रोग हटेर जान्छ । यस्तै गरी ६ वर्षभित्रमै ८० प्रतिशतसम्म मुटुको रोग कम भएर जान्छ ।’
स्रोत ः विश्व स्वास्थ्य संगठन

