• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • २२ मंसिर २०७९, बिहीबार २२:५९

    टाेखामा १०८ कन्या पूजा कार्यक्रम सम्पन्न (फाेटाे फिचर )

    टाेखालाइभ डट कम/मंसिर २२

    काठमाडौं /टाेखा नगरपालिका वडा ३ स्थित श्री इन्द्रायणी मन्दिर प्राङ्गणमा आज टाेखाको जिवित देवि गणेश र कुमारी सहित १०८ कन्यालाई विधिविधान अनुरुप पुजा गरिएको हो।

    स्त्रङ वोमेन,वोर्क वोमेन तथा इन्द्रायणी भुटखेल सामुदायिक वनको सहकार्यमा इनर ब्हिल क्लव अफ टाेखा र वन्डरल्यान्ड ईन्टरनेसनल प्री-स्कुलले सयुक्तरुपमा आयोजना गरिएको कन्या पूजा कार्यक्रम सम्पन्न भएको छ । इनर ब्हिल क्लवले वर्षेनी रुपमा मनाउदै आएको क्लबले पहिलाको वर्षमा वसन्तपुरको हनुमान ढाेकामा कन्या पुजा सम्पन्न गरिसकेको उक्त कन्या पूजा यस वर्ष टाेखामा पनि १०८ जना कन्याको पूजा कार्यक्रम गरी सम्पन्न गरिएको हो ।

    विशेष गरी नेवार समुदायमा कन्या पूजा गर्ने गरिन्छ । जसलाई कुमारी तथा जिवित देवीको रुपमा पूज्ने गर्ने गर्दछन् ।कन्यालाई देविको रुपमा मानि रज्वश्वला अगावै यो पूजा गरिएमा लाभ हुने यो पूजाको धार्मिक मान्यता रहेको छ ।

    तर यस कन्या पूजामा नेवार समूदायमात्र नभई अन्य समुदायको कन्याहरु सहभागी रहेको इनर ब्हिल क्लव अफ टाेखाका अध्यक्ष यमुना मानन्धरले टाेखा लाइभलाई बताइन्

    अध्यक्ष यमुना मानन्धरले उक्त कार्यक्रम कला संस्कृतिलाईलाई जगेर्ना गर्दै नारीप्रति सम्मानको भावना विकास गराउन र समाजमा सबै समुदाय विच एकतामा बाधी आत्मियता आदानप्रदान गर्न यो कार्यक्रम आयोजना गरिएको बताइन।
    इनर ब्हिल क्लव एउटा विशुद्द सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित सामाजिक संस्थाले प्रत्येक वर्ष एउटा एउटा सामाजिक कार्य गर्ने जिम्मेवारी दिए अनुरुप एस वर्ष हात धुने , हेल्थ एन्ड हाइजिन र चाइल्ड स्कलरसीप अन्तर्गत चाइल्ड कल्चर पनि देखाउन पाए चाइल्ड कल्चर अन्तर्राष्ट्रिय स्तरमै जाने भएकोले गर्ल चाइल्डलाई भगवान मानी महत्त्व दिई पुजा गरिएको अध्यक्ष मानन्धरले बताउनुभयो ।

    कार्यक्रममा टाेखाका मुल नाइके हेमराज श्रेष्ठले यस प्रकारको धार्मिक कार्यलाई नेवारी समुदायमा मात्र सिमित नराखी सबै समुदायका नानीहरुलाई समेटेर जिउँदो देवीको रुपमा सामुहिक पुजा गरी उनीहरुको सुस्वास्थ्य र दिर्घायुको कामना सहित नारीको सम्मान गर्ने शुभ कार्य सफल बनाउन पाएकोमा अत्यन्तै खुशी व्यक्त गर्दै आयोजकलाई हार्दिक आभार व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रमा स्थानिय टाेखाका वासिन्दा र आफ्ना नानीहरुको साथमा अभिभावकहरुले सहभागिता जनाई सभ्य र भव्यका साथ सम्पन्न भएसँगै यस कार्यक्रमले धार्मिक तथा सामाजिम एकतामा समेत सकारात्मक सन्देश दिनेमा आयोजकले अपेक्षा राखेको आयोजकले बताए ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै