टाेखालाइभ डट कम/ नविना श्रेष्ठ
कार्तिक ३०,२०७९
काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत चुनिखेलमा गठबन्धनको बृहत घरदैलो कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा नेपाली काङ्ग्रेसका महामन्त्रीसमेत रहेका गगन थापा, एकीकृत समाजवादी कुसुम कार्की र माओवादीका राजेन्द्र श्रेष्ठ ऐेतिहासिक नगरमा भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ।
ऐतिहासिक नेवारी सभ्यता एवम् संस्कृतिसँग प्रकृतिकाे चमत्कारिक मिठास भएकाे चुनिखेलका चार गाउँ टुपेक, टुसाल, गाम्चा र सापाटारका जनताकाे घरटाेलमा पुगेका उम्मेदवार गगन थापालाइ स्थानीय जनताले उल्लाशपूर्ण स्वागत गरेका छ। चुनिखेलकाे विकासमा पछिल्ला ५ वर्षमा भएकाे कराेडाैँकाे विकासको गतिबिधिमा थापाकाे महत्वपूर्ण याेगदान भएकाले पनि थापाकाे पक्षमा स्थानीवासी घरघरबाट बाहिर आएको थियो।भने घरदैलाेमा गठबन्धनका तर्फबाट प्रदेशसभाका प्रत्यासी कुसुम कार्की पनि सहभागि रहेको थियो।

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुइचरणमा भएकाे घरदैलाेमा वडाका गठबन्धन दल(नेका, नेकपा एकीकृत समाजवादी र माओवादी)का नेता कार्यकर्ताहरुको बाक्लो सहभागि भएका थिए । यस वडामा माओवादी केन्द्रबाट राजेन्द्र श्रेष्ठ समानुपातिकमा प्रदेशसभामा सूचिकृत छन् ।


