टाेखालाइभ डट कम/नविना श्रेष्ठ
कार्तिक २५,२०७९
काठमाडौं /नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षकहरुको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्काउटका प्रथम स्काउटर प्राध्यापक डाक्टर गोविन्द नारायण ज्यापु एक जिउँदो इतिहास युगपुरुष हुनुहुन्छ। दोस्रोमा उहाँलाई नेपाल स्काउटका सबै स्काउटरहरुको अभिभावक पनि भन्नुहुन्छ। ALT leader trainer हरुलाई स्काउटको एक जिउँदो इतिहास प्राध्यापक डाक्टर गोविन्द नारायण ज्यापुको हातबाट काठमाडौंको झोछेंमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी, नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई, बागमती प्रदेशका संयोजक शिव राम अर्याल लगायत ३ जना दिक्षित हुनुभएको थियो।

त्यसै कार्यक्रम लगत्तै राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले पार्क भिलेज रिसोर्टमा आयोजित बिशेष समारोहमा ३१ जना प्रशिक्षकहरुलाई दीक्षित गर्नुभएको हो । नेपाल स्काउटले सञ्चालन गरेको ऐतिहासिक पहिलो राष्ट्रिय प्रशिक्षक तालिममा सहभागी २६ तथा विभिन्न समयमा सम्पन्न सहायक राष्ट्रिय प्रशिक्षक तालिममा सहभागी भई प्रक्रिया पूरा गरेका ५२ जनाको नतिजा प्रकाशित भए अनुसार यो विशेष दीक्षान्त समारोह आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले दक्ष प्रशिक्षक तयार गर्ने कामलाई प्राथमिकतामा राखी ऐतिहासिक रुपमा तालिमहरु आयोजना गरिएकोले दीक्षा प्राप्त गर्नुहुने प्रशिक्षकहरुबाट दक्ष प्रशिक्षकको कमी पूरा हुने विश्वास व्यक्त गरे। साथै, स्काउटलाई देशभरमा विकास र विस्तार गर्न आवश्यक पर्ने जनशक्ति तयार गर्न पनि प्रशिक्षकहरुको भूमिका महत्वपूर्ण हुने हुँदा नेपाल स्काउटको उक्त आवश्यकता अनुसार तयार रहन पनि नव दीक्षित प्रशिक्षकहरुलाई निर्देशन दिनुभयो ।
दिक्षित कार्यक्रममा राष्ट्रिय प्रशिक्षक देवराज घिमिरे, कार्यसमितिका सदस्य शिव बहादुर भण्डारी, बागमती प्रदेश का संयोजक शिव राम अर्याल लगायत स्काउटर हरुको उपस्थित रहेको थियो।

