• Sanu Raj Dangol

    • १ कार्तिक २०७९, मंगलवार २१:३३

    नेवा:गुथि टाेखाद्वारा नेपाल संवत् ११४३ न्हुदँया भिन्तुना भब्यताका साथ मनाईने

    टाेखालाइभ डट कम/ कार्तिक १, २०७९

    नेवा: गुथि टाेखाले नेपालको राष्ट्रिय संवत् नेपाल संवत् ११४३ न्हुदँया भिन्तुना (नयाँ वर्ष ) भब्यताका साथ मनाउने तयारी गरिएको छ । सो क्रममा विभिन्न कार्यक्रम गर्ने तयारी भएको आयोजकले बताएको छ।

    नेवा: गुथि टाेखाले नेपाल संवत् ११४३ न्हुदँया भिन्तुनाको अवसरमा कछलाथ्व पारु म्ह: पुजाका दिन कार्तिक ९ गते बुधबार सांस्कृतिक र्याली कार्यक्रम बिहान ७ बजे देखि टाेखा नगरपालिका वडा २ स्थित थने लाछीमा जम्मा र्याली सुरु गरि
    टाेखा नगर परिक्रमा गरिने र र्याली समापन पश्चात् विभिन्न विभिन्न सांस्कृतिक खलपुच:लाई सम्मान गरिने कार्यक्रम रहेको नेवा: गुथि टाेखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो।

    त्यसैगरी न्हुदँया भिन्तुनाको स्वागत गर्न नयाँ वर्षको पुर्वसन्ध्यामा लक्ष्मीपूजाका दिन कार्तिक ८ गते मंगलबार घर घरमा दिप प्रज्वलन (छें छें मता च्याकेत इनाप ) गर्न समेत नेवा: गुथिले अनुरोध गरेको छ।

    नेपाल संवत् ११४२ न्हूदँया भिन्तुना अवसरमा नेवा: गुथि टाेखाद्वारा भिन्तुना सांस्कृतिक र्यालि ऐतिहासिक टाेखा नगर परिक्रमा गरि सोहि बेला टाेखा नगरपालिका वडा २ स्थित थने लाछिमा गरिने विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएकोले उक्त कार्यक्रममा ऐतिहासिक टाेखानगर वासी संस्कृतिप्रेमी सांस्कृतिक बाजागाजा खल:,दाफा खल:,भजन खल:, पुच: क्लब संघसंस्था , सहकारी र विद्यालयलाई ब्यानर सहित र्यालीमा सहभागिता जनाउनुहुन नेवा: गुथि टाेखाले अनुरोध गरेको छ।

    नेपाल संवत नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाःले देशका नाममा स्थापना गरी प्रचलनमा ल्याउनुभएको थियो । तत्कालीन समयमा साख्वाःले नेपाली जनताको ऋण मोचन गरेपछि नेपाल संवतको प्रारम्भ भएको मानिन्छ । जसलाई नेपालको पहिचानको रुपमा स्थापित विश्वकै पहिलो संवतको रूपमा नेपाल संवतलाई मानिदै आएको छ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै