• Sanu Raj Dangol

    • २८ आश्विन २०७९, शुक्रबार १७:२७

    टाेखा ३ मा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियान पुनः शुरु

    टाेखालाइभ डट कम/ असोज २८, २०७९

    काठमाडौं / टाेखा नगरपालिका वडा ३ ले राष्ट्रिय परिचयपत्र वितरण गर्ने दर्ता अभियान पुनः संचालन शुरु गरेको छ।

    राष्ट्रिय परिचय पत्र बनाउनको लागि टाेखा नगरपालिका वडा ३ ले शुक्रबार एक सुचना जारी गर्दै सार्वजनिक सूचनामार्फत टाेखा ३ वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउनको लागि अनुरोध समेत गरेको छ ।

    टाेखा नगरपालिका वडा ३ कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरणको लागि आज आश्विन २८ गते शुक्रबार देखि दर्ता स्टेशन स्थापना गरि पुनः उक्त अभियान संचालन गर्न लागिएको टाेखा नगरपालिका वडा ३ का वडाअध्यक्ष रमेश डंगोलले जानकारी दिनुभयाे।

    के-के आवश्यक पर्छ राष्ट्रिय परिचयपत्र बनाउन ?

    १) जारी सूचनामा राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल ।

    २) नागरिकता प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो   खुल्ने प्रमाणपत्र वा गाउँपालिका/ नगरपालिकाको सिफारिस पत्र।
    ३) राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपी।
    ४) बसाइँसराइ गरेकाहरुको हकमा बसाइँसराइ प्रमाणपत्रको        सक्कल ।
    ५) विवाहितको हकमा नागरिकता पत्नी, पतिको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र सक्कल अनिवार्य माग गरेको छ।
    सूचना :-

    Facebook Comments

    छुटाउनुभयो कि? सबै