• Sanu Raj Dangol

    • २१ आश्विन २०७९, शुक्रबार १६:४७

    वर्षातको झरिले रोकेन टाेखाको ऐतिहासिक खं द्य: जात्रा( खड्ग जात्रा) !

    टाेखालाइभ डट कम / असोज २०,२०७९

    काठमाडौं /टाेखामा एकादशीका दिन मनाइने ऐतिहासिक खं द्य: जात्रा( खड्ग जात्रा) बिहीबार टाेखा वडा २ स्थित तलेजु मन्दिरमा विधिगत रूपमा जात्रा समापन भएको छ।
    परापुर्वकाल देखि निरन्तर चल्दै आएको टाेखामा तलेजु मन्दिर खं द्य: जात्रा (खड्ग जात्रा)का लागि प्रसिद्ध छ। तलेजु मन्दिर,बलि तथा खड्ग जात्रासंग सम्बन्धित सबै व्यबस्था मुल नाइकेको निर्देशन र नाय मां सेते डंगोलको रेखदेखमा हुने परम्परा रहिआएको छ।

    सदा झै परंरागतविधि एकै भए पनि तर यस पटक भने
    फरक परिस्थितिबाट टाेखाको ऐतिहासिक खं द्य: जात्रा( खड्ग जात्रा)को सामना गर्नुपर्यो। पोहोर परार बिहानै हुने खं द्य: जात्रा (खड्ग जात्रा) यस पटक जात्राका बेला अत्यधिक वर्षा भै झरीमा नै रुझ्दै केही समय ढिलै भए पनि खं द्य: जात्रा (खड्ग जात्रा) सम्पन्न गरियो।


    खं द्य: जात्रा( खड्ग जात्रा) हुने यो समयमा यस पटक अत्यधिक वर्षा भएपछि टाेखाका स्थानीय ९० वर्षिय जेष्ठ नागरिक भिम्बै सानू डंगोलले खं द्य: जात्रा( खड्ग जात्रा)को यो समयमा जस्तो यस अघि आफुले कहिल्यै पनि पानी परेको नदेखेको बताए।

    यस वर्षको मोहनी नख: अर्थात वडा दसैंको अवसरमा टोखाको तलेजुमा मनाइने प्रसिद्ध खड्ग जात्रा यस वर्ष बिजया दशमी पछि एकादशिका दिन अत्यधिक वर्षा भै झरीमा नै रुझ्दै भए पनि भव्य पूजा अर्चना गरि खड्ग जात्रा मनाएको मुल नाइके हेमराज श्रेष्ठले बताउनु भयो ।

    वर्षातको झरिले गर्दा खड्ग जात्रामा पुजाआजा , धुपबत्ति र दान दक्षिणा चढाउने अधिकांस सहभागी महिला र पुरुषहरुले छाता ओढेर उपस्थिती जनाएका थिए ।

    परम्परा अनुसार टाेखा स्थित कोतमा महानवमीका दिन रांगो कात्ने चलन छ। किवदन्ती अनुसार टाेखाको क्वाथ:स्थित तलेजु मन्दिरमा १३ वटा खड्ग सहितकि भगवती देवि रहेकी छिन् । यी देवीलाई भक्तपुरबाट ल्याएको जनविस्वास छ । त्यसैले खड्गजात्रा गर्दा बांस भित्र लुकाएर फूलैफूलको छत्र जस्तो आकृती बनाइ ढाक्ने प्रचलन रहेको मुल नाइके श्रेष्ठ बताउँछन् ।

    एकादशीको दिनमा यस टाेखाको खड्गजात्रामा समावेश गरिने जिवित देवी गणेश कुमारी र जालीदेवतालाई माथिल्लो लाछी (थने लाछी)को नारायण मन्दिर घुमाएर ल्याएपछि निश्चित ठाँउमा अड्याएर केही समय राखेपछि मुल नाइकेले , पुजारीले विधिगत रूपमा पुजा गरिसके पछि खड्गजात्रा अघि बढीको हो।

    त्यसपछि जालीदेवता ल्याउनेहरुलाई बलिको लागि कुभिन्डाे ( भुइफसी )लाई पुजा आजा गरिसके पछि तलेजु मन्दिरको नजिक रहेको यस क्षेत्रका सुरक्षा देवता क्षेत्रपालमा लगेर कुभिन्डाे ( भुइफसी )काटेपछी बा थकाली ‘दे थकाली ‘लाई अगाडि अघि बढाएर १३ जनाले खड्गको रथ बोकि सकेसम्म दाैडिंदै अगाडि बढेको दृश्य हेर्न लायक छन् । यो समयमा थकालीहरु भने कोहि लगलग कामिरहेका र हिड्न नसक्नेलाई छोरा नातीले बोकेरै डाैडको शृङ्खला अघि बढ्छ।

    कुभिन्डाे ( भुइफसी )काटेपछीको दृश्य भने हेर्न
    औषधिउपचार हुने जनविस्वासले गर्दा काटिएको भुइफसी पाउन मान्छेहरू वर्षाले झरी भैइरहेको अवस्थामा पनि कुभिन्डाे ( भुइफसी ) लिन निकै घुइँचोका बिच युवा युवतीहरु लुछाचुडी गरेको दृश्य अत्यन्तै रोमाञ्च थियो ।

    तलेजु मन्दिरमा पुगेपछि मुलनाइकेले रथमा भएका फुलका माला गणेश कुमारीलाई चढाउछन् र गणेश कुमारीले फुल दिइ आशीर्वाद दिएपछि अरु थकालीअरुलाई एक एक वटा फुलका माला दिएपछि जात्रा हेर्न आउने श्रद्धालु भक्तजनहरुलाइ फुल प्रसाद बाँडेसंगै टाेखाको खड्ग जात्रा परम्पराविधि अनुसार सम्पन्न भएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै