• TOKHA LIVE

    • ९ आश्विन २०७९, आईतवार १४:३७

    अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा नेपाल स्काउटको शान्ति पदयात्रा र साइकल र्याली सम्पन्न

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    असोज ९,२०७९

    काठमाडौं /अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरद्वारा आयोजित शान्ति पदयात्रा र साइकल र्याली कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा नेपाल स्काउट द्धारा आयोजित शान्ति पदयात्रा र साइकल र्याली कार्यक्रममा सहभागी सबै स्काउटरहरु, स्काउट, क्यूमा आवद्ध रोभर रेञ्जरहरु साथै कलेज, विद्यालयका विद्यार्थी तथा युवाहरु समेतलाई सहभागी हुनेमा रोक लगाएको थिएन।

    असोज ८ गते शनिबार ललितपुर भक्तपुर काठमाडौंको सबैजना एकै ठाउँमा जम्मा हुने स्थान समय टोकेको थियो। साइकल यात्राका लागि जम्मा हुनलाई सुरु हुने स्थानहरु काठमाडौँ उपत्यकाभित्र रहेका विश्व सम्पदा सूची र राष्ट्रिय सम्पदा सूचीमा रहेको मुख्य स्थलहरु पशुपतिनाथ, स्वयम्भूनाथ र पातन दरबार ,भक्तपुर दरबार ,बौद्ध स्तुपा, शंखरापुर चोक मध्यपुर, बूढानीलकण्ठ, टोखा, किर्तिपुरबाट शान्ति पदयात्रा र साइकल र्याली गरीएको थियो। सबै ठाउँबाट र्याली सुरुसंगै काठमाडौको बसन्तपुर दरबार स्क्वायर डबली क्षेत्रमा समापन गरेको थियो।

    नेपाल स्काउटको आयोजनामा गरेको शान्ति पदयात्रा र साइकल र्यालीलाई नेपाल दुरसञ्चार सस्थाले
    साथ सहयोग गरेको छ। कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटहरू शान्तिका दूत भएकाले हरेक दिन असल कामका लागि सानातिना प्रयास गरेर शान्ति प्रवर्द्धन गर्नुपर्ने बताए । युवाहरुलाई लक्षित गरी मेसेन्जर पिसको रूललाई फलो गरी युवाहरुलाई समेत्ने लक्ष्य बोकी अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा यो र्याली कार्यक्रम गरेको नेपाल स्काउटका संयोजक भण्डारीले बताउनुभयो।

    त्यसैगरी नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य बिजेन्द्र ध्वजु, निर्देशक रामप्रसाद भट्टराई बागमती प्रदेश संयोजक शिवराम अर्याललगायत पालिका संयोजकको नेतृत्वमा सहभागिता रहेका थिए।भने शान्ति पदयात्रा तथा साइकल र्यालीमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी, नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई, नेपाल स्काउटका राष्ट्रिय कार्य समितिका सदस्य बिजेन्द्र ध्वजु,देवराज घिमिरे, काठमाडौं महानगर स्थानीय स्काउट संयोजक बिमला श्रेष्ठ र बिभिन्न नगरका स्थानीय स्काउट संयोजकहरुको उपस्थित रहेको थियो।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै