टाेखालाइभ डट कम/ नविना श्रेष्ठ
भदौ २०,२०७९
काठमाडौँको पूर्व उत्तरतर्फ रहेको कागेश्वरी मनाेहरा नगरपालिकामा मनोरम बनमा रहेको गुफा भित्र प्राकृतिक ज्योति रुप कागेश्वरी महादेवको दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास हाम्रो नेपाली समाजमा प्राचीनकालदेखि रहँदै आएको छ।
त्यसैकारण उपत्यकाका प्रमुख तीन सहर लगायत अधिकांश प्राचीन बस्तीहरूमा मल्लकालमै बाँकी सुर महादेव स्थापना गरेको पाइन्छ। प्राचिनकालमा कागले कागेश्वरी मन्दिरमा झरेको झरना को पानी भगवानलाई दिइरहेको र एकदिन कागले दुध चढाइएको देखेर सोध्दा त्यहाँ महादेव तपस्यामा बसेको थाहा पाएको किवदन्ती रहेको पाइन्छ।
कायाष्टमि मेलाको अवसरमा कागेश्वरीमा आइतबार भक्तजनहरुको ठुलो घुइँचो लागेको थियो । कागेश्वरी मनोहरा मन्दिरमा मेला भर्न आएका भक्तजनहरुलाई सहजताको लागि नेपाल स्काउटका विभिन्न क्यूका रोभर रेञ्जरहरु, नेपाल प्रहरी, महानगर प्रहरी, कागेश्वरी मनोहरा नगरपालिका प्रहरी तथा विभिन्न संघसंस्थाहरुले सेवा सर्भिस गरेको थियो।




