• Sanu Raj Dangol

    • १९ भाद्र २०७९, आईतवार १०:४२

    नारायणदेवी-तिर्थ व्यवसायी प्रोत्साहन पुरस्कार टाेखा परम्परागत चाकु संरक्षण समाज टाेखालाई

    टाेखालाइभ डट कम/ भदौ १९,२०७९

    काठमाडौं /नारायणदेवी-तिर्थ व्यवसायी प्रोत्साहन पुरस्कार टाेखा परम्परागत चाकु संरक्षण समाज टाेखालाई प्रदान गरिएको छ।

    टाेखा परम्परागत चाकु संरक्षण समाजले परम्परागत बाबुबराजुले गर्दै आइरहेको लोपोन्मुख व्यवसायलाई नयाँ आधुनिक पुस्तामा हस्तान्तरण गरि नेवा:समुदाय व्यवसाय उद्योगको रूपमा विकास गरेको भन्दै नेवा: देय् दबुको २८ औं स्थापना दिवसको अवसरमा १ लाख राशीको नारायणदेवी-तिर्थ व्यवसायी प्रोत्साहन पुरस्कार समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठलाई प्रदान गरिएको हो।

    नेवारहरुको राष्ट्रिय संगठन नेवा: देय् दबुको २८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा प्रमुख अतिथि तथा नेवा: देय् दबुको संरक्षक मल्ल के सुन्दरले पानसमा दिप प्रजवलन सहित औपचारिक उद्घाटन गर्दै विभिन्न विधामा पुरस्कार प्रदान गरेका थिए  ।

    नेवा: देय् दबूको २८ औं स्थापना दिवसको केन्द्रिय कार्यसमितिको अगुवाईमा भव्यताका साथ सम्पन्न भएको थियो । जिल्लामा छरिएर रहनु भएका नेवार जातिहरुको ऐक्यबद्धता जनाउँदै उक्त कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको सभापति नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

    प्रमुख अतिथि तथा नेवा: देय् दबुको संरक्षक मल्ल के सुन्दरले
    यस अन्तर्गत नारायणदेवी तिर्थ पुरस्कार अन्तरगत समाजसेवा बिधामा गणेशराम लाछी, मध्यपुर थिमीलाई ,नारायणदेवी तिर्थ व्यवसायी प्रोत्साहन पुरस्कार कृष्ण बहादुर श्रेष्ठ , टाेखा परम्परागत चाकु संरक्षण समाज टाेखालाई , र गिरिधरलाल नेपालभाषा सेवा पुरस्कार महेन्द्र गोपाल कर्माचार्य , विराट नेपालभाषा साहित्य सम्मेलन गूठी ख्वपलाई र नेवा, अमेरिकन दबु सिकागोलाई प्रदान गरिएको थियो ।भने विशिस्ट अतिथी
    माननीय संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृतहरुलाई दोसल्ला ओदाइ सम्मान गरेका थिए ।प्रत्येक पुरस्कारको राशी रु एक लाख रुपैयाँ र दाताको तर्फबाट सुमित्रा मानन्धरले रु पचास हजार प्रदान गरेका थिए।

    नेपाल सम्वत ११३२मा स्थापना भएको नारायणदेवी- तिर्थ नेवा: समाज सेवा पुरस्कार , नारायणदेवी -तिर्थ व्यवसायी प्रोत्साहन पुरस्कार नेवा: देय् दबूको स्थापना दिवसमा पुरस्कार हस्तान्तरण हुँदै आइरहेको छ। नेवा: देय् दबूको स्थापना दिवस ञलाथ्व सप्तमी भदौ १८ गते नेपालभाषा साहित्य , संस्कृति , उद्योग व्यवसाय आदि विधामा १/ १ लाखको तिनवटा पुरस्कार प्रदान गरिदै आइरहेको छ ।

    उक्त अवसरमा प्रमुख अतिथि तथा नेवा: देय् दबुको संरक्षक मल्ल के सुन्दरले नेवा:एक जाति नभै नेवा: सम्पदा भएको बताउदै देश भरी छरिएका नेवारको हकहित सुनिस्चित गर्ने, नेवारलाई एकताबद्द ढंगले रहनसहन, संस्कृति , भाषा,व्यवसायी, नेवा:पहिचानलाई रक्षा गर्ने विकास गर्ने साथ साथै नेवारको आफ्नै मानसम्मान भावनालाई उत्थानका लागि नेवा: देय् दबुको सधै साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रमको नेवाः देय् दबूका सभापति
    पवित्र बज्राचार्यले नेवा:कलासंस्कृति, भेषभुषा रहनसहन, , नेपालभाषालाई रक्षा गर्न देशभरी नै’ झिगु भाय् झिसं ल्हाय्’ (हाम्रो भाषा हामी बोलौ) अभियान चल्ने बताउदै हरेक नेवारहरुको घरघरमा नेपालभाषा बोल्न आग्रह गर्नुभयो ।

    कार्यक्रम विभिन्न देशबिदेशमा रहेर नेपालभाषा लिपि अभियान चलाइरहेका वर्ल्ड नेवा: अर्गनाइजेसन , विभिन्न सामाजिक व्यक्तित्व , गायक गायिका,बाद्यबादक, प्रशिक्षकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा नेवार समुदायका कलाकारहरुले अत्यन्तै लोकप्रिय प्रचलित धार्मिक एवं लोक नृत्यहरु पनि प्रस्तुत गरिएका थिए ।

    नेवा: देय् दबुका महासचिव सत्यनारायण डंगोलले संचालन गर्नुभएको उक्त कार्यक्रममा चर्चित कलाकार पवित्र कसा:, दिनेश श्रेष्ठ ,रमना श्रेष्ठ , जुजुकाजी रन्जित लगायतले सुमधुर सांगीतिक कोशेली प्रस्तुति दिनुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथीमा नेवा: देय् दबूका संरक्षक मल्ल के सुन्दर ,विशिस्ट अतिथि मानननिय संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ , माननीय संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , आयुक्त आदिवासी जनजाति आयोग मा.प्रमुख
    सुर्य बहादुर गुरुङ ,गोकुल धर्ती मगर,गेल्जे शेर्पा ,पुर्वमन्त्री तिर्थराम डंगोल , हितमान शाक्य , प्राध्यापक गिताभक्त जोशी ,वरिष्ठ अधिवक्ता मुक्ति प्रधान , पुर्व नेपाल राष्ट्र बैंक पुर्व डेपुटी गर्भरनर डा. पुष्पराज राजकर्णिकार,प्रा.डा.त्रिरत्न मानन्धर ,नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल,नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ ,
    नेवा: न्ह्य्लुवा डा.महेशमान श्रेष्ठ ,वरिष्ठ समाज सेवि सरला
    कायस्थ , साहित्यकार त्रिरत्न शाक्य,ज्यापू महागुथीका अध्यक्ष राजभाइ जकमी,नेपालभाषा मिसा खल: संस्थापक अध्यक्ष सुवर्णकेशरी चित्रकार लगायत नेवा: देय् दबूका केन्द्रिय समितिका पदाधिकारीहरु,भातृसंगठनका अध्यक्षहरु,राष्ट्रिय परिषदका सदस्यहरु,प्रदेश समितिका अध्यक्षहरु,जिल्ला समितिक अध्यक्षहरु,पालिका समितिक अध्यक्षहरु , निवर्तमान पदाधिकारीहरु,पुर्व सल्लाहकारहरु,तथा अन्य गुठीबाट पाल्नुभएका प्रतिनिधीहरुले अतिथीको आसन ग्रहण गर्नु भएको थियो ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै