• Sanu Raj Dangol

    • १८ भाद्र २०७९, शनिबार ०८:५८

    टाेखामा ईन्द्रजात्राको लागि यलाग, थलाग र पुखुसीमा ग्वर्याख:(गोरेख) ठड्याइयाे

    टाेखालाइभ डट कम / भदौ १८,२०७९
    ञेञा पुन्ही एकादशी,ईन्द्रजात्रा र समयबजी पुन्हीका दिन बिशेष पुजा आजा सहित दिप प्रज्वलित गरी शान्तिकाे कामना गर्ने पर्वकाे प्रतिकको रूपमा लिइने टाेखामा ऐतिहासिक ग्वर्याख:/गोरेख निर्माण कार्य सम्पन्न गरि टाेखा नगरपालिका वडा नं २ स्थित यलाग, थलाग र पुखुसीमा प्रतिस्थापन गरि लिङ्ाे ठड्याएको छ।

    परापुर्व कालदेखि भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन टाेखामा इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथीका दिन ठड्याउदै आएको छ। हाल यलाग ग्वर्याख: टाेल गूठीमा ३ जना , थलाग ग्वर्याख: टाेल गूठीमा गुठियारहरु केही १/२ जनामात्रै सिमित भएका छन् , भने पुखुसी ग्वर्याख: टाेल गूठीमा ३ जना गुठियारहर सक्रिय रहेता पनि यि खल:पनि गूठी चलाउन भोज भटेर संस्कृति चलाउन आर्थिक अभावमा धेरैले गूठी छोडेर गैसकेको र अहिले यो गूठी पनि लोप हुने अवस्थामा पुगिसकेको खल:का एक सदस्यले बताए ।

    इन्द्रजात्रामा प्रयोग हुने ग्वर्याख:काठको लिङाे उचित संरक्षणको अभाव , घाम पानीले मक्किएर जिर्ण अवस्था सिर्जना भएपछि टाेखाका पुर्व उपप्रमुख ज्ञानमाया डंगोल , पुर्व टाेखा वडा २ का अध्यक्ष दिपक राज जोशी र टाेखा कला पुच:का कलाकर्मीहरुको पहल कदमले आज कलात्मक शिल्प शैलीको ग्वर्याख:/ गोरेख पुर्ननिर्माणमा अहम भुमिका निर्वाह गरेको  हो।

    टाेखा नगरपालिका वडा नं २ को गोरेख निर्माण उपभोक्ता समितिले टाेखा नगरपालिकाद्वारा बिनियाेजित बजेटलाई टाेखाको मठमन्दिरहरु मौलिक कला झल्काउन लागिरहेका युवाहरुको संस्था ‘टाेखा कला पुच:’द्वारा निर्माण कार्य अगाडी बढाएपछि गोरेख(ग्वर्याख:)कलात्मक शिल्प शैलीमा पुनर्निर्माण सम्पन्न भएको हो।जस्मा बुगं,खोकनाका वरिष्ठ कलाकार चन्द्रमान शाक्य लगायतको टिमले उक्त ग्वर्याख:/गोरेखमा निर्माणमा भरपुर कलात्मक मौलिक काष्ठकला झल्काउन विशेष योगदान दिएका थिए । गोरेख ठड्याइएपछि टाेखाको मुहार अनुपम सांस्कृतिक नगर सुसज्जित शोभायमान भएर पुन:एक पटक फेरि उचो शिर लिएर टाेखा उभिएको छ। टाेखामा भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन भदौ २१ गते देखी २५ गते सम्म इन्द्रजात्रा मनाइन्छ।

    गोरेख(ग्वर्याख:)कलात्मक शिल्प शैलीमा ३ प्रकारकाे ग्वर्याख गजुर, छानो तोरण र काष्ठकलामा रङ्गरोगन सहित तयार गरिएकाे उक्त गोरेख यलाग टाेलमा ३ तले बनाएको छ भने थलाग टाेल र पुखुसीमा २/२ तलेमा निर्माण गरिएको हो। उक्त गोरेख निर्माणको भदौ २१ गते यलाग टाेलबाट समुउद्घाटन टाेखा नगर प्रमुख  प्रकाश अधिकारीद्वारा गरिने आयोजक गोरेख निर्माण उपभोक्ता समितिका अध्यक्ष शंख नारायण श्रेष्ठले बताए ।

    गोरेख निर्माण कार्यका लागि गोरेख निर्माण उपभोक्ता समितिले टोखा नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को
    बिनियोजित आयोजनाको कुल लागत अनुमान रु.५५,६०९९२.३७ पचपन्न लाख साठि हजार नौ सय बयानब्बे रुपैयाँ सैतिस पैसा रहेकोमा
    नगरपालिकाको सम्झौता रकम रु.५०,०००,००.०० (रु. पचास लाख) रहेकोमा साथै स्थानिय जनश्रमदानबाट रु.५,६०,९९२.३७ पाँच लाख साठि हजार नौ सय बयानब्बे रुपैयाँ सैतिस पैसा बराबरको सहयोगमा गोरेख निर्माण कार्य सम्पन्न भएको हो ।

    गोरेख निर्माण उपभोक्ता समितिको अध्यक्षमा शंख नारायण श्रेष्ठ, सचिवमा रमेश डंगोल , काेषाध्यक्षमा कृस्तिना डंगोल र
    ईन्जिनियर उमेश श्रेष्ठ रहेको उक्त गोरेख निर्माण कार्य
    को ठेक्काको सम्झौता मिति २०७८/१०/२८ गते रहेको थियो भने २०७९/०३/२९ गते सम्पन्न गरिसक्नु पर्ने भए पनि गोरेख निर्माण कार्यको समय अगावै सम्पन्न भएको थियो ।

    इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

    कथन अनुसार कुनै समय स्वर्गका राजा देवराज इन्द्रको नन्दन वनमा नपाइने पारिजात फूल नेपालमा पाइँदो रहेछ । त्यसकारण देवराज इन्द्र मान्छेको रूप लिएर पारिजातको फूल चोर्न नेपाल आएछन् । पारिजातको फूल चोर्न आएका देवराज इन्द्रलाई नेपालका मानिसले पक्रेर तँलाई चोर भनेर पातो कसेर बाँधेर राखे । यसैको प्रतीक स्वरूप इन्द्रजात्राको बेला तीन शहर नेपालको चोक-चोक र बाटा-बाटामा पातो कसेर बाँधेर राखेको  इन्द्रको प्रतीक बनाएर राखेको हुन्छ । त्यसकारण इन्द्रजात्रा इन्द्रको सम्मानमा मात्रै होइन कि, नेपालीले देवराज इन्द्रलाई जितेको उपलक्ष्यमा मनाइने जात्रा पर्वको रूपमा मनाउने गरिन्छ ।

    स्वर्गका देवराज इन्द्रको नन्दन वनमा नपाइने पारिजात फूल नेपालमा पाइन्छ।त्यसकारण हाम्रो नेपाल स्वर्ग भन्दा ठूला छन् । देवराज इन्द्रलाई पनि जित्न सक्ने हामी नेपालीहरु महान् छौँ । यो कथा र हाम्रो परम्पराले हामीलाई यही शुभ सन्देश दिने पर्वको रूपमा लिइन्छ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै