• Sanu Raj Dangol

    • १५ भाद्र २०७९, बुधबार ०९:१४

    नेपा: युवा क्लबको नयाँ कार्यसमिति गठन ,अध्यक्षमा सुदर्शन श्रेष्ठ चयन

    टाेखा लाइभ डट कम/ भदौ १५,२०७९

    काठमाडौं : टाेखामा विभिन्न सामाजिक गतिविधिहरुमा निरन्तर सहभागिता जनाइ एकजुट भै समाजसेवी भुमिका निर्वाह गर्दै आइरहेको नवयुवाहरूको संस्था नेपा: युवा क्लबले नयाँ कार्यसमिति गठन गरेको छ।
    । स्थापनाको छैटौं वार्षिकोत्सबको शुभ अवसर पारेर क्लबले हिजो टाेखा नगरपालिका वडा २ स्थित बज्रयोगिनी मन्दिरप्राङ्गणमा आयोजना गरेको ‘नेपा: युवा क्लब’को एक विशेष कार्यक्रममा अध्यक्ष सुदर्शन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको क्लबले बताएको छ।

    यस अघि नेपा: युवा क्लब’का अध्यक्षमा सरोज महर्जन रहेका थिए ।

    उक्त नयाँ कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सनम डंगोल , सचिव राजिब डंगोल ,सहसचिव बिजय डंगोल,काेषाध्यक्ष हेरोनिका डंगोल,सदस्यहरुमा सान डंगोल, रन्जित डंगोल, रमन डंगोल, राजकुमार डंगोल , स्वस्तिका डंगोल र आशिष श्रेष्ठलाई पदाधिकारी चयन गरिएको छ।

    नेपा युवा क्लबले रक्तदान कार्यक्रम , स्वयंसेवक , सांस्कृतिक कार्यक्रम ,विभिन्न खेलकुद कार्यक्रम गरि युवाहरुलाइ कुलत, कुसंस्कारमा नलागि युवाहरूलाई सहि मार्गमा डाेहाेर्याई समाजसेवा प्रतीको कर्तव्यबोध गराउन क्लब लागिरहेको छ।चाकुको प्रमुख उद्गम स्थल टाेखा भएको हुनाले क्लबले हरेक वर्ष माघ १ लाइ चाकु दिवसको रूपमा स्थापना गर्नुपर्ने माग राख्दै प्रत्येक वर्ष माघे संक्रान्तिका अवसरमा चाकु दिवस घाेषणा गरि सांगितिक कार्यक्रम पनि गर्दै आइरहेको क्लबका पुर्व काेषाध्यक्ष सुमन डंगोलले जानकारी दिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै