टाेखालाइभ डट कम/नविना श्रेष्ठ
भदौ १४ ,२०७९
नेपाल स्काउट बगमति प्रदेश स्काउट स्थानीय स्काउट कार्यालय शंखरापुरको संरक्षक र प्रमुख पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम एवं कोभिड–१९ को समयमा दिन रात नभनि समाज सेवामा खतिएका स्वयंसेवकहरुलाई पदक वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय स्काउट संयाेजक धर्मभक्त मल्लको सभापतित्वमा नगर प्रमुख एवम् स्थानीय स्काउट संरक्षक रमेश नापितको प्रमुख आतिथ्यता रहेकाे थियाे । नगर उप प्रमुख एवम् स्थानीय स्काउट प्रमुख समिता श्रेष्ठको विशेष आतिथ्यता रहेका थिए।
नेपाल स्काउट बगमती प्रदेश संयाेजक शिवराम अर्याल विशेष आतिथ्यता, बगमती प्रदेश सल्लाहकार एवम् अन्तर्राष्ट्रिय तालिम केन्द्रका संयाेजक केशरत्न बज्राचार्यको विशेष आतिथ्यता र सक्व क्यूका अध्यक्ष लकस श्रेष्ठकाे आतिथ्यता,साँखु जेसिजका पूर्व अध्यक्ष एंव राेटरीयन राजेश श्रेष्ठकाे आतिथ्यता रहेको थियो।

साथमा स्काउट लिडरहरू, स्थानीय पत्रकार र राेभर रेन्जरहरूकाे उपस्थिति रहेको थियोे । स्थानीय नगर प्रमुख एवम् स्थानीय स्काउट संरक्षक रमेश नापित र नगर उप प्रमुख एवम् स्थानीय स्काउट प्रमुख समिता श्रेष्ठलाई नेपाल स्काउट बगमती प्रदेश संयाेजक शिवराम अर्यालले दिक्षान्त गर्नु भएको थियाे ।

