टाेखालाइभ डट कम/ भदौ ११,२०७९
काठमाडौं/ टाेखा नगरपालिका वडा ३ स्थित क्वने लाछी डबलीमा शुक्रबार शिल्पी थिएटरको प्रस्तुति ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गरिएको छ। वातावरण र जलवायु परिवर्तनको अहिलेको निकै नै जल्दो बल्दो बिषयमा ‘हिउँको पृथ्वी यात्रा’ प्रदर्शन गरिरहेको छ ।
नाटकमा हिमालबाट बगेका ३ वटा नदिले गर्ने यात्राका क्रममा भेटिने मान्छे, जनावर र जलप्राणीको
आफ्नो समुन्द्रसम्मको यात्राको कथा भन्ने यो नाटक काठमाडौं बाहिर गरि टाेखामा सम्म आइपुग्दा हिउँको पृथ्वी यात्रा’ ले ४४ पटक मञ्चन भएको नाटकको लेखन तथा निर्देशक घिमिरे युवराजले बताए ।
अहिले विश्वले भोगिरहेको बातावरणिय र जलवायु परिवर्तन जस्तो निकै कठिन बिषयलाई नाटकमा प्रस्तुत गरेर जनचेतना फैलाउने कार्यमा योगदान दिने कार्य गरेर शिल्पीले सराहनीय काम गरेको छ ।
नाटकको लेखन तथा निर्देशन अमजद प्रवेज तथा घिमिरे युवराजले गरेका छन्। नाटकमा ज्योती पोखरेल, रविन परियार, पवित्रा खड्का, संगिता उराव, झकेन्द्र बिसी, गोविन्द्र ओली, हिमाल भुजेल, सुशिला लोहर तथा ज्याक बरालको अभिनय रहेको छ। नाटकमा प्रयोग भएको संगीत स्मारिका फुयाँल तथा अनुप तिमल्सिनाले गरेका छन्।
शुक्रबार टाेखा वडा ३ स्थित क्वने लाछी डबलीमा बेलुकी ७:०० बजे सुरु भइ नाटक ८:०० बजे सम्पन्न भएको उक्त रंगमञ्च कार्यक्रममा टाेखा नगरपालिका वडा २ र ३ का जनप्रतिनिधि लगायत स्थानीय जेष्ठनागरिक , युवायुवतीहरु,बालबालिका भाइबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
टाेखा नगरपालिका वडा ३ को सहकार्यमा क्वने लाछीमा मंच डबली व्यवस्थापन पछि हिउँको पृथ्वी यात्रा’ मंचन भएको टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोलले बताए ।
शिल्पी कला समुह नाफा रहित संस्था भएकोले टाेखा वडा ३ ले कुनै आर्थिक सहयोग नगरेको वडा अध्यक्ष रमेश डंगोलले बताए । उनले आउँदा दिनहरुमा पनि सो संस्थासंग साझेदारी गर्दै समृद्ध समाज निर्माणमा वडाको पनि दायित्व भएकोले निरन्तर सहकार्य गर्दै जाने बताउदै सहभागी सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नुभयो ।
शिल्पी कला समुह नाफा रहित संस्था हो।शिल्पिको यात्रा सन २००६ मा सुरुवात भए देखि सक्रिय रूपमा मानिसहरूलाई यस्ले रंगमञ्चसंग जोड्ने काम गरिरहेको छ। शिल्पिले सहभागितामुलक रंगमञ्च(फोरम थिएटर वा पिछडिएका वर्गहरुको रंगमञ्च( परियोजनाका क्रममा नेपाल अधिराज्य भरी नाटक यात्रा गरिरहेको बताएको छ ।









