टाेखालाइभ डट कम/ नविना श्रेष्ठ
भदौ८,२०७९
मकवानपुर जिल्लामा कोभिड- १९ को समयमा दिन रात नभनि समाजिक सेवामा खटेका स्काउटरहरुलाई पदक शुसोभन सम्मान कार्यक्रम सम्पन्न भएको छ।नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा मकवानपुर जिल्लामा रहेका रोभर रेन्जर तथा स्काउटरहरुलाई नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय द्वारा ७१ औं स्थापना दिवसको अवसरमा घोषणा गरिएको विभिन्न पदकहरु बागमती प्रदेश सदस्य अशोक सारु मगरको सभाध्यक्षतामा र हेटौंडा उप महानगरपालिकाको प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा शुसोभन पदक वितरण गरिएका थिए।

नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयले शाहसिक विधामा प्रदान गरिने सबैभन्दा उच्च पदक पराक्रमी पट्ट प्रथम पदक कोभिडको समयमा हेटौंडा उपमहानगर भित्र कोभिड संक्रमित भई मुत्यु भएका र संक्रमित भएकाहरुको घरमा पिपिइ सुट लाएर १२० भन्दा बढी घर तथा कार्यालयहरुमा महिनौ दिन सम्म लगातार ज्यानको प्रवाह नगरी निसंक्रमित गर्ने शाहसिक कार्य गरेकोले अशोक सारु मगर , अनिल आचार्य, निशा गौतम, ईश्वर लामिछाने, धिरज परियार र बिमल खत्रीलाई प्रदान गरेको छ ।

नेपाल स्काउटमा १५ बर्ष सम्म निरन्तर स्काउट माष्टर भएर सेवा गरे पछि प्रदान गरिने स्काउट दिर्घ सेवा पदक बागमती प्रदेश सदस्य अशोक सारु मगरलाई राष्ट्रिय प्रशिक्षक बेली थापाले प्रदान गर्नु भएका छन्। अभियान कोभिडको समयमा कोभिडबारे प्रचार प्रसार , मास्क लगाउने र हात धुने सिकाउने अभियानमा निरन्तर सक्रिय रहेका २१ जना स्काउटर , रोभर रेन्जरहरुलाई कोभिड स्वंयसेवक पदक समेत वितरण गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उप महानगरपालिकाको प्रमुख मिना कुमारी लामाले शुसोभित गर्नुभएको थियो ।
हेटौंडा उप महानगरपालिकाको निवर्तमान प्रमुख हरि बहादुर महत, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, पत्रकार महासंघका सभापति मणिराज गौतम, राष्ट्रिय प्रशिक्षक बेली थापा ,स्थानीय पालिका संयोजक दिपेन्द्र रोक्का, अन्नत पौडेलको आतिथ्यता रहेको थियो । भने सोही कार्यक्रममा विघटित नेपाल स्काउट जिल्ला समिति मकवानपुरले तत्कालिन जिल्ला समितिको स्वामित्वमा रहेको जग्गाको लालपुर्जा, कागजपत्र, भवनको चावि समेत बेली थापाले हेटौंडा उपमहानगरपालिका स्काउट समिति संयोजक दिपेन्द्र रोक्कालाई हस्तान्तरण गर्नु भएको थियो।

