• Sanu Raj Dangol

    • १९ श्रावण २०७९, बिहीबार १८:४०

    ‘टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयर’को टाेखा नगरप्रमुख प्रकाश अधिकारीबाट समुद्घाटन सम्पन्न

    टाेखालाइभ डट कम/ श्रावण १९,२०७९

    काठमाडौं/टाेखा नगरपालिकामा वडा ६ स्थित ‘टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयर’को आज टाेखा नगरप्रमुख प्रकाश अधिकारीले समुद्घाटन गर्नुभएको छ । टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयर’मा बिशेषज्ञ चिकित्सकद्वारा चेक जाच गर्नुको साथै बिरामीहरुको सेवा तथा सुपथ शुल्कमा उपचार गर्ने गरी सञ्चालनमा ल्याएको हेल्थ केयरका संचालक टाेखा नगरपालिका वडा ३ का स्थानीयवासी रामचन्द्र श्रेष्ठ हुन् ।

    टाेखा नगरपालिका वडा ६ स्थित भाटभटेनी सपिङ मल अगाडि टाेखा रोडमा विशेषज्ञसहितको समूहले सञ्चालनमा ल्याएको हेल्थ केयरको औपचारिक उद्घाटन पछि टाेखा नगरप्रमुख प्रकाश अधिकारीले टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयर’का अनुभवी डाक्टरहरुद्वारा संचालन गर्नुभएको यो केयरले टाेखाको जनसमुदाय लगायत अन्य जनसमुदायलाई सेवामुखी भावले आत्मसात गर्दै दातको उपचार गर्ने उद्देश्यले सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न र डाक्टरले पैसा भन्दा पनि सेवाको लागी भन्ने हिसाबले जुन उद्देश्य बोकेर डेण्टल एन्ड हेल्थ केयर संचालन गरिरहनु भएको छ, यस्ले सधै प्रगती गर्न सकोस् र जनविश्वास ग्रहण गर्छ भन्ने विश्वास लिएको छु। – भन्दै नगर प्रमुख अधिकारीले सफलताको शुभकामना दिनुभयो ।

     

    हेल्थ केयरका संचालक रामचन्द्र श्रेष्ठले सेवामुखी हिसाबले स्वास्थ्य सम्बन्धि सबैलाई सेवा पुगोस् भन्ने उद्देश्यले होराइजन डेण्टल एन्ड हेल्थ केयर’ संचालन गरेको बताउदै सकेसम्म सबैलाई डेण्टल र जनरल स्वास्थ सेवा लगायत सस्तो सुलभ रूपमा उपचार गर्ने गरि सेवा सुबिधा उपलब्ध गराएको बताउनुभयो ।एक पटक सेवा गर्ने मौका दिनुहोस् , सके सम्म जनसमुदायको मन जितेर सेवा ग्राहीहरुको जन चाहना माग बमोजिम स्वास्थ्य सेवामा थप सेवा विस्तार वृद्धि गर्दै लगिने संचालक रामचन्द्र श्रेष्ठले बताउनुभयो ।

    टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयरका मेडिकल डाइरेक्टर विशेषज्ञ जनरल सर्जन डा. बिजय श्रेष्ठका अनुसार हेल्थ केयरमा बिशेषज्ञ चिकित्सकद्वारा चेक जाच गर्नुको साथै बिरामीहरुको सेवा तथा सुपथ शुल्कमा थाईराेइड, सुगरको उपचार , नाक, कान , घाँटी सम्बन्धि उपचार ,गर्भवती तथा महिला रोग सम्बन्धि उपचार , हाडजोर्नी , बाथरोग तथा नसा रोग सम्बन्धि उपचार , बालरोग , मानसिक रोग तथा छाला रोग सम्बन्धि , पाइल्स, हर्निया, हाइड्रोसिल,पत्थरी सम्बन्धि उपचारको साथै साधारण शल्य चिकित्सा सेवा उपलब्ध हुने बताए ।

    टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयरका डेण्टल सर्जन डा.रेश्मा श्रेष्ठले दातको चेकजाच , ठुला खाले दातको सर्जरी बाहेक ,दातको माइनर ओटी,सुचरिङ,ड्रेसिङ्ग एक्सरे लगायत दात सम्बन्धि सेवा दिन , सेवा ग्राहीहरुको मन जित्न आएको बताइन् ।

    यसैगरी टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयरले नेपालमा दिनानुदिन बढ्दै गइरहेको विभिन्न रोगहरुबाट छुटकारा दिलाउन बिरामीहरुलाई सर्वसुलभ स्वास्थ सेवा विस्तार गर्न होम भिजिट सेवा जस्मा डाक्टर / नर्स , sample collection (रगत, दिशा, पिसाब ), PCR Test र औषधि होम डेलिभरी सेवा सहित सञ्चालनमा ल्याइएको हो। हरेक दिन बिहान ७ बजे देखि बेलुकी ७ सम्म खुल्ने टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयरमा बिरामीहरुलाई सेवा विस्तार गर्न अत्याधुनिक सेवाहरुमा इसिजी, भिडियो एक्सरे,मुटुको भिडियो एक्सरे , फिजियो थेरापी , अनलाइन ल्याब रिपोर्ट लगायत सबै ब्लड टेष्ट सेवा उपलब्ध छ।

    टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयर’को उद्घाटन कार्यक्रममा टाेखा नगरप्रमुख प्रकाश अधिकारी,टाेखा उप-नगरप्रमुख मुरारी तामाङ , टाेखा नगरपालिका वडा ३ का निवर्तमान वडा अध्यक्ष सिंहराज श्रेष्ठ , टाेखा नगरपालिका वडा ३ का वडा अध्यक्ष रमेश डंगोल , वडा सदस्य शान्ता राई , राजनीतिकर्मी राधेश्याम श्रेष्ठ ,हेल्थ केयर’का डाक्टर र नर्स लगायत शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै