• TOKHA LIVE

    • १२ श्रावण २०७९, बिहीबार १९:३७

    बाबुराम भट्टराईको ‘नेपाल समाजवादी पार्टी’ आयोगमा दर्ता, चुनाव चिह्न आँखा

    टाेखालाइभ डटकम/ साउन १२

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई पक्षले नयाँ पार्टी दर्ता गरेको छ । आज बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् । निर्वाचन आयोगले यस अघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । नेपाल समाजवादी पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै