• TOKHA LIVE

    • १२ श्रावण २०७९, बिहीबार १९:११

    गल्छी गाउँपालिका धार्दिङमा स्काउट दिक्षान्त समारोह सम्पन्न

    टाेखालाइभ डटकम/नविना श्रेष्ठ

    श्रावण १२,२०७९

    नेपाल स्काउट बागमती प्रदेश स्काउट स्थानीय स्काउट कार्यालय गल्छी गाउँपालिका धार्दिङमा दिक्षान्त समारोह सम्पन्न भएको छ। गल्छी गाउँपालिकाका स्थानीय स्काउट संयोजक लब राज खतिवडाको सभाध्यक्षमा कार्यक्रम सञ्चालन गरेका थिए। गल्छी गाउँपालिकाको अध्यक्ष केदारनाथ खतीवडा, उपाध्यक्ष भाईकाजी तीवारी,गल्छी गाउँपालिकाका शिक्षा अधिकारी पेमा दोर्जे थोकर लगायत १० वटा वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरूको एक साथ स्काउट दिक्षा दिईएको थियो।

    भने दिक्षान्त समारोहमा बागमती प्रदेशका संयोजक शिव राम अर्यालले दिईएको हो। गल्छी गाउँपालिका अध्यक्ष द्धारा प्रत्येक विद्यालयमा अब स्काउट संचालन गर्ने प्रतिबद्धता जनाए। बागमती प्रदेशका संयोजक शिव राम अर्यालले गल्छी गाउँपालिकामा अबका दिनहरुमा विद्यालयमा स्काउट मास्टर तालिम संचालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

    साथै गल्छी गाउँपालिकामा छिटै स्काउट मास्टर तालिम संचालन गर्न अनुरोध गरेका छन्। गल्छी गाउँपालिका धार्दिङमा स्थानीय स्काउट कार्यालय भवन पनि बागमती प्रदेशका संयोजक अर्यालले उद्घाटन गरेको थियो। कार्यक्रममा स्थानीय स्काउटर लगायत काठमाडौंका बिभिन्न नगरपालिकाका संयोजकहरुको उपस्थित रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै