टाेखालाइभ डटकम/श्रावण १०,
काठमाडौं / घण्टाकर्ण पर्वको प्रचलन कहिलेदेखि, पहिला कहाँ र किन मनाउन थालिएको हो भन्ने तथ्य खोजीकै विषय रहेको छ । यसबारेमा विभिन्न जनश्रुतिहरु रहेका छन् । एउटा जनश्रुतिअनुसार परापूर्वकालमा देशमा मानव जगत्लाई दुःख दिँदै आएको एक राक्षसबाट मुक्ति पाउन एकजना तान्त्रिकले भ्यागुतोको रूप लिई उक्त राक्षसलाई गिज्याउँदै लखेट्ने क्रममा त्यो राक्षस दलदलमा फँस्सिई मारिएको हुँदा सोही घटनाक्रमको स्मृतिमा यस दिन यो पर्व मनाउने गरिएको भनाइ छ । त्यस्तै द्वापर युगकालीन हिन्दू महाकाव्य महाभारतको कथाअनुसार पाण्डवहरु वानप्रस्थ जीवन व्यतीत गर्ने क्रममा एउटा घना जङ्गल पार गरेर अन्यत्र कतै जानेबारेमा सोच्दै गर्दा तिनीहरुका सामु वेदव्यास ऋषि आइपुगे । ऋषिले पाण्डवहरुले भोग्नु परिरहेको दुःखमा दुखित भई उनीहरुलाई ढाडस दिंदै भने, ‘अन्ततोगत्वा सत्यको जित हुन्छ, दूधको दूध, पानीको पानी भएरै छाड्नेछ ।’ वेदव्यास ऋषिले उनीहरुलाई नजिकको एकाचक्र (कतै चक्रनगरी र कतै चित्रकुट ? पनि भनिएको) नामको ब्राह्मणहरुको वस्ती भएको गाउँको शरण लिन सुझ्याए । उनीहरु त्यहाँ ब्राह्मणको भेषमा एकजना ब्राह्मणको घरमा बस्न थाले । उनीहरु गाउँमा भिक्षा मागेर आप्mनो खानाको जोहो गर्दथे ।
एक दिन मध्यान्हमा जब कुन्ती आराम गरिरहेकी थिइन् ब्राह्मणको घरमा कुनै ठूलै विपद् परेको छनक तिनले पाइन् । कुन्तीको पूरा परिवारलाई आश्रय दिएर त्यो घरले ठूलो गुन लगाएको हुँदा सो गुनको ऋण यही बेला चुकाउनु पर्दछ भन्ने ठानी कुन्ती उनीहरुको कष्टको कारण सोध्न गइन् । तब ब्राह्मणले तिनीहरुको कष्टबारे बताउँदै भन्छन्, ‘वर्षौं अघि बकासुर नाम गरेको एउटा राक्षसले यो गाउँका बासिन्दालाई दुःख दिइरहेको थियो । यो क्षेत्रका राजाले आप्mना रैतीहरुको सुरक्षा गर्नुृको साटो आपूm अर्कै बस्तीमा गएकाले त्यो राक्षसले गुफाबाट निस्की गाउँमा पसेर आफु खुसी जो कोही पुरुष, महिला र बच्चाहरुमाथि आक्रमण गर्ने, मार्ने र खाने गर्न थाल्यो । बकासुर राक्षसको मनमानीपूर्ण क्रियाकलापबाट विलकुल असहाय बनेका यहाँका नागरिकहरु बकासुरसँग एउटा सम्झौता गर्न बाध्य भए । सम्झौताअनुसार हरेक दिन गाउँबाट एकजना मानिसले दुईवटा गोरुलाई बोकाइएको खानाका साथ आपूmलाई पनि बकासुरको आहाराका रुपमा सुम्पनु पर्ने हुन्छ । संयोगवश त्यो पालो आज हाम्रो घरमा परेको छ । यो घरको लागि चाहिने सबै खर्च मैले नै जुटाउनु पर्दछ । अब म आफै बकासुरको आहारा बनेपछि मेरा सन्तानको हालत के होला ? यही चिन्ताले मलाई पिरोलिरहेको छ ।’ घरपति ब्राह्मणको दुःखेसो सुनेपछि कुन्तीले ‘अरे पण्डितजी, मेरा पाँच भाइ छोरा छन्, म कुनै एक छोरालाई पठाउँछु । उसले त्यो राक्षसलाई पक्कै पनि मारेर तपाइँ र यो गाउँको समस्या समाधान गर्नेछ ।’ तर ब्राह्मण आप्mनो घरमा पाहुना बनेका परदेशीलाई त्यस किसिमको भार बोकाउनु उचित ठानिरहेका थिएनन् । फेरि कैयौं शक्तिशाली र पुरुषार्थी व्यक्तिको पनि त्यो राक्षसको अगाडि केही नलागेको हुँदा ब्राह्मण मानिरहेको थिएन ।
कुन्तीले फेरि ढाडस दिँदै भनिन्, ‘मेरो माहिलो छोरा भीम बलियो र पराक्रमी छ, उसले त्यो राक्षसलाई मार्नेछ, तपाइँ चिन्ता नलिनुहोस् । बरु यो कुरा गाउँमा कसैलाई नबताउनुहोला, गोप्य रहन दिनुहोला ।’ यति कुरा भएपछि कुन्तीले आफ्ना छोरा भीमलाई सबै कुरा बताई बकासुरका लागि भनी जम्मा गरिएको खाना लिएर त्यो राक्षस बस्ने गुफातिर जान भने । बकासुरको लागि भनेर पठाइएको खाना भीमले बाटोमा जाँदै गर्दा आफैले खाए । बकासुरले ढिलो गरी आएको आहाराले रित्तो गाडा लिई आएको देखेपछि रिसले चूर भयो र भीममाथि आक्रमण ग¥यो । बलवान् भीमले बकासुरलाई मारेरै छाडे । भीमले बकासुरको मृत शरीरलाई गाउँको प्रवेश द्वारमा ल्याएर छाडे ताकि सबै गाउँलेलाई थाहा होओस् कि तिनको दुःखको पहाड अब सधैं सधैंका लागि समाप्त भएको छ । भोलिपल्ट गाउँलेहरुमा यो घटना एक कान दुई कान मैदान भयो । सबैले ब्राह्मणसँग सोधपूछ गरे । उनले यो सबै भगवानको खेल हो भनेर सबैलाई शान्त पारे । एक सामान्य व्यक्तिको हातबाट आप्mना पति बकासुरको मृत्यु भएपछि राक्षस्नी लखी अत्यन्त दुःखित बनिन् । आपूmलाई पटक्कै नियन्त्रण गर्न नसकी बहुलाही जस्तै भई यताउता उफ्रने र पछारिने गर्न थालिन् । यिनै लखी राक्षस्नीको आवेग र विव्हलतालाई तत्कालीन वैश्य (नेवार) जातिले लाखे नाचका रुपमा लोक सांस्कृतिक नृत्यमा रुपान्तरित गरी यसै दिनदेखि संस्कृति नगरी टोखामा पनि यस पर्वमा विशेष गरी घर/घरमा भूत पन्छाउने गरिन्छ । यस दिन बिहानै घर नजिकको महादेव मन्दिरबाट ल्याएको जलले अभिषेक गर्ने प्रचलन रहँदै आएको छ ।

गथांमुग: कै दिन टोखाको हरेक वासिन्दाको मूल ढोका र मुख्य निदालमा शिवपुरी जंगलबाट ल्याएको ध:सी कठीको हरियो पातलाई तीन खुट्टे फलामको बीचमा राखी किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जन विश्वास छ । गथांमुग: को दिन फलाम वा तामाको औंठी लगाउने पनि चलन छ । टोल/टोलमा नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई साँझपख नजिक तथा खोलामा लगेर जलाइन्छ । त्यसपछि घर/घरबाट छ्वालीको चिराग बालेर छ्वास वा चौबाटोमा लगेर सेलाइने प्रचलन छ । त्यस समयमा बकासुर राक्षसले त्यो ठाउँका मानिसहरुलाई निकै सताएका हुँदा त्यस ठाउँको जनजीवन अति कष्टकर र त्रासदीपूर्ण थियो । वीर भीमसेनको पराक्रमबाट त्यहाँका वासिन्दाहरुको दुःख दूर भएको हुँदा त्यहाँका मानिसहरु खुशी भई भीमसेनलाई आफ्ना प्राणदाता र पूजनीय व्यक्तित्वका रुपमा जय जयकार मनाउन थालेको भन्ने भनाइ रहेको पाइन्छ । नेवार (वैश्य) जातिको बसोबास भएको हरेक ठाउँमा भीमसेनको मन्दिर निर्माण गरी उनको शक्तिको स्मरण गर्दै भिं द्यका रुपमा आराधना (उपासना) र आजापूजा आज पर्यन्त हुँदै आएको छ । राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा देशको गौरव र यश बढाउनमा महत्वपूर्ण भूमिका रहेका यी लोकसंस्कृति, लोकनृत्य र चाडपर्वहरुलाई वर्तमानमा संरक्षण र सम्बद्र्धनका लागि थप प्रयास गर्नुपर्ने आजको समयको माग हो ।यस किसिमका लोकसंस्कृति बचाउनतर्फ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै आजका युवावर्गले आप्mनो काँधलाई बलियो खम्बाका रुपमा थाम्न जुट्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ।
फाेटाे सौजन्य/नेवा: गुथी टाेखाका अध्यक्ष रमेश नापित


–टाेखाका कलाकार शंख नारायण श्रेष्ठले बनाएको घण्टाकर्णको मुहार

