टाेखालाइभ डट कम/ श्रावण १०,२०७९
काठमाडौं : देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा भक्तिपूर्वक मनाइन्छ।यस वर्ष पनि भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइदै छ।
श्री कृष्णाष्टमी हिन्दुहरुलाई प्रसिद्ध पर्व हो र टाेखाका नेवार समुदाय हिन्दु धर्मावलम्बी भएको हुनाले कृष्णभक्तिको रुपमा यसदिन पूजाआजा गर्दछन्। चतुर्मास भजनकै एक महत्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमी’मा रातभर जाग्राम बसी भोलिपल्ट नवमीका दिन भजनकिर्तनद्वारा खट जात्रा गर्दै टोखा नगर परिक्रमा गर्ने चलन छ।
यसरी ऐतिहासिक प्राचीन सहर टाेखा टाेलटाेलका पातीपौवामा चर्तुमास भजन गर्ने खल: पुचहरुमा चण्डेश्वरी ईकुलाग दाफा खल:,
सपनतीर्थ दाफा खल:, इन्द्रायणी दाफा खल:,सहलुबी पिगद्य दाफा खल:, जोरभीमसेन दाफा खलः ,चण्डेश्वरी भजन खलःगरि यी ६ खल:ले बिस्का जात्रा पर्व, श्रीकृष्ण जन्माष्टमी पर्व ,इन्द्रजात्रा पर्व , सकिमिला पुन्ही मनाउदै आइरहेको छ ।
विगत लामो समय देखि नै यसरी चल्दै आइरहेको श्रीकृष्ण जन्माष्टमी’ पर्वमा रथ यात्रा गर्ने क्रममा केही समय अगाडि देखि रथ जात्रा एकरुपता नभए पछि टाेखामा विवाद सृजना हुँदै आइरहेको थियोे ।

यहि समस्यालाई समाधान गर्ने उद्देश्यले टाेखामा श्रीकृष्णाष्टमी पर्वमा रथ र जात्रा एकरुपता गर्ने विषयमा केन्द्रित रहेरआज टाेखा संस्कृति सम्पदा संरक्षण दबुको आयोजनामा श्रीकृष्णाष्टमी पर्वमा रथ र जात्रा एकरुपता गर्ने सम्बन्धमा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ।
टाेखा संस्कृति सम्पदा संरक्षण दबुको अध्यक्ष मनिराज डंगोलको अध्यक्षतामा आज टाेखा नगरपालिका वडा २ स्थित टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको कार्यालयमा बसेको रथ र जात्रा एकरुपता गर्ने विषयमा सहभागिहरुले सकारात्मक छलफल गर्नुभएको छ।
छलफल कार्यक्रममा वक्ताहरुले टाेखामा परापुर्व काल देखि निरन्तर चल्दै आइरहेको जात्रा पर्वहरुमा विशेष गरि श्रीकृष्णाष्टमीमा रथ यात्राका क्रममा एकरुपता नहुदा अत्यन्तै मिलेर बसेको कला र संस्कृतिमा धनि भनेर चिनिएको टाेखामा सांस्कृतिककर्मीहरुले जात्रा पर्वमा मिलेर नबसे बाहिरबाट हेर्दा अर्कै नजरमा हेरिने दृष्टिकोणलाई परिवर्तन गर्नको लागि श्रीकृष्णाष्टमीको भोलिपल्ट नवमिको दिन रथयात्रा एकै दिन एकरुपता ल्याउन अपरिहार्य रहेको औल्याए।

श्रीकृष्णाष्टमी पर्वमा रथ र जात्रा एकरुपता गर्ने सम्बन्धमा भएको बृहत छलफल कार्यक्रम वक्ताहरुले टाेखामा सांस्कृतिक पर्वहरु सांस्कृतिक पर्वहरु निरन्तर जगर्ना गर्दै आइरहेकोमा खलपुच: को भोज भटेरमा आफ्नो गक्ष अनुसार केही परिमार्जन हुँदै आइरहेको औल्याउँदै संस्कार मास्न नहुने अपरिहार्य पर्व बाहेक जात्रा लोप हुन नदिने तर केही समय परिवर्तन मात्रै भएको बताए ।
त्यस्तै श्रीकृष्ण जात्रामा रथ बोक्ने अधिकाश बालकहरु ८/१० वर्षको बच्चाहरु भएकोले दुई तले काठको रथ बनाउदा लगभग ८० / ९० किलो हुन आउँछ र गर्हो रथ बोक्दा कालान्तरमा रथ बोक्ने बच्चाहरु भेट्न मुस्किल हुने बताए ।
छलफल कार्यक्रममा श्रीकृष्णाष्टमी रथ जात्रामा टाेखामा रहेका ६ वटा खलपुचहरुले प्रचलनमा ल्याउन रथ व्यवस्थापनको लागि सामाजसेवि दाताहरुले एकरुपता रथ निर्माण गरि हस्तान्तरण गरिदिने भए पछि श्रीकृष्णाष्टमीको रथ प्यागोडा शैलीको एक तले बनाउने कि दुई तले बनाउने भन्ने विषयमा छलफल गर्नुभएको थियो ।त्यस्तै फलामको रथ बनाउने कि आल्मुनियम या काठको वा जे भएपनि बच्चाहरुले रथ बोक्दा सहज हुने किसिमले रथ निर्माण होस् भन्ने विषयमा पनि छलफल भयो ।

टाेखामा दोस्रो ठुलो जात्राको रूपमा रहेको सूचना सन्देश प्रवाह गर्न श्रीकृष्णाष्टमी रथ जात्राका दिन व्यापक प्रचारप्रसार गरि स्थानीय विद्यालयमा विदा दिलाउन समितिले पहल गर्ने निर्णय समेत छलफल गरेको थियो ।
त्यस्तै कार्यक्रममा श्रीकृष्णाष्टमी रथ जात्रामा प्रयोग हुने रथ मौलिकपना झल्काउन काठको बनाउन भन्दै बाहिरबाट हेर्दा पनि आकर्षक र राम्रो हुनुपर्ने सहभागीहरुले सुझाए।
कार्यक्रममा टाेखाका मुलनायो हेमराज श्रेष्ठ,टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ ,टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल/संस्थाका सल्लाहकार हरिदास श्रेष्ठ ,नेवा:गुथी टाेखाका महासचिव हेराकाजी डंगोल ,नेवा:गुथी टाेखाका उपाध्यक्ष रामलाल डंगोल,नेवा:गुथी टाेखाका सचिव प्रकाश डंगोल,चण्डेश्वरी ईकुलाग दाफा खलका अध्यक्ष धर्मराज श्रेष्ठ/गुरु पुर्णलाल श्रेष्ठ
सपनतीर्थ दाफा खलका सत्यनारायण डंगोल, इन्द्रायणी दाफा खल:अध्यक्ष नाति डंगोल/ गुरु चन्द्रमान डंगोल ,सहलुबी पिगद्य दाफा खलका अध्यक्ष धनवीर लवट ,जोरभीमसेन दाफा खलका सुमन डंगोल /ज्ञानकाजी श्रेष्ठ ,चण्डेश्वरी भजन खलःका गुरु माइला श्रेष्ठ/सुरेश श्रेष्ठ , पत्रकार लगायत आयोजक टाेखा संस्कृति सम्पदा संरक्षण दबुका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

श्री कृष्णाष्टमी हिन्दुहरुलाई प्रसिद्ध पर्व हो र टाेखाका नेवार समुदाय हिन्दु धर्मावलम्बी भएको हुनाले कृष्णभक्तिको रुपमा यसदिन पूजाआजा गर्दछन्। रातभर जाग्राम बसी भोलिपल्ट नवमीका दिन भजनकिर्तनद्वारा खट जात्रा गर्दै टोखा नगर परिक्रमा गर्ने चलन छ । यसरी कृष्ण यात्रा गर्दा टाेलकाले भिक्षा( केपु) रुपमा हरेक घरबाट कृष्णलाई चामल,गहुँ ,दान दक्षिणा दिन्छन् । भिक्षा लिने खल:पुचले कृष्णको फुल प्रसादको रूपमा फुल, फलफूल ,खिर,आदि घरकासबैलाइ बाड्ने परम्परा रहेको छ। रथ यात्रा गर्दा कृष्णको प्रतीकस्वरुप मानेर व्रतमा भगवान श्रीकृष्णको तस्बिर राख्ने चलन छ । रथ चारजनाले बोक्ने गरिन्छ भने बीचमा एक जना पुजारी बस्ने गरिन्छ । ६ वटा खलपुचहरुले टोखामा विभिन्न ठाउँमा रथयात्रा गरि टाेल घुम्ने चलन छ। यसरी घुम्दा टाेखा नगरपालिका २ नासल च्वोक मन्दीर हुदै टाेखा नगरपालिका ३ परिक्रमा गर्दै श्रीकृष्ण यात्राको समापन गरिन्छ।

