• TOKHA LIVE

    • ४ श्रावण २०७९, बुधबार २१:१६

    गर्भनर विवाद कालो धनलाई सेतो बनाउन नपाएकोमा आक्रमण हो : महासचिव पोखरेल

    टाेखालाइभ डट कम/श्रावण ४,  २०७९

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको एउटा विभागका सदस्य एम अधिकारीको विषय यति धेरै हल्लाखल्ला गर्ने विषय नभएको बताउनुभएको छ । पार्टीको प्रचार विभागले आयोजना गरेको अनलाईन पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउन खोज्ने प्रयास असफल भएपछि गभर्नरमाथि आक्रमण भएको बताउनुभयो।

    ‘एमालेको यति धेरै विभागमा कति सदस्य छन् कुनै चासो छ ? कसैले प्रश्न गरेको छ ? एउटा नाम एम अधिकारीको विषय यति धेरै हल्लाखल्ला गर्नुपर्ने विषय होइन’, पोखरेलले भन्नुभयो ‘गभर्नरका विषयमा जे आइरहेको छ त्यो कालो धनलाई सेतो बनाउने योजना असफल भएपछिको प्रतिक्रिया हो।’ ‘हाम्रो पार्टीले एम अधिकारी गभर्नर होइन भनिसकेको छ गभर्नरले पनि म होइन भनिसकेपछि यहि विषय उचालिरहनु कालो धनले सेतो बनाउने प्रयत्न हो। महासचिव पोखरेलले भन्नुभयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै