• Sanu Raj Dangol

    • ३ श्रावण २०७९, मंगलवार १०:३७

    टाेखा नगरपालिका वडा ३ ले सम्पत्ति कर तथा बहाल करमा दिइएको छुटसम्बन्धी सूचना !

    टाेखालाइभ डट कम/श्रावण ३,२०७९

    टाेखा नगरपालिका वडा ३ ले करमा विशेष छुट दिएको छ । टाेखा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा एघारौं नगरसभाको निर्णय बमोजिम टाेखा नगरबासीहरुले बुझाउनुपर्ने सम्पत्ति कर तथा बहाल करमा विशेष छुट दिने घोषणा गरेको थियो । टाेखा नगरपालिका वडा ३ले वडाबासीहरुले बुझाउनुपर्ने सम्पत्ति कर तथा बहाल करमा १५ प्रतिशत (विशेष छुट) गरिएकोले आफुले तिर्नुपर्ने कर समयमा नै ३ वडा कार्यालयमा उपस्थिति भइ कर तिर्नुहुन वडाबासीहरुमा सूचना प्रकाशित गरिएको छ।

    टाेखा नगरपालिका वडा ३ ले आर्थिक वर्ष २०७९ भदौ र असोज मसान्तभित्र सम्पत्ति कर बुझाएमा १५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७८/७९ बहाल करको हकमा २०७९ असोज मसान्त सम्म जरिवाना नलाग्ने र चालू त्यस्तै आर्थिक वर्ष २०७९ श्रावण , भदौ र असोज महिना सम्म बार्षिक बहाल कर तिर्दा १५ प्रतिशत छुट हुने व्यवस्था गरेको टाेखा नगरपालिका ३ का वडाअध्यक्ष रमेश डंगोलले जानकारी दिनुभयो ।

    छुटसम्बन्धी सूचना;

    Facebook Comments

    छुटाउनुभयो कि? सबै