टाेखालाइभ डट कम/ श्रावण २,२०७९
काठमाडौं–टाेखा नगरपालिकामा ‘ हजुरहरुको स्वास्थ जीवनको लागि’भन्ने मुलमन्त्र अघि सार्दै ‘टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयर’ सञ्चालनमा आएको छ। आज देखि खुलेको टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयर’मा बिशेषज्ञ चिकित्सकद्वारा चेक जाच गर्नुको साथै बिरामीहरुको सेवा तथा सुपथ शुल्कमा उपचार गर्ने गरी टाेखामा हेल्थ केयर सञ्चालनमा ल्याइएको हो।

टाेखा नगरपालिका वडा ६ स्थित भाटभटेनी सपिङ मल अगाडि टाेखा रोडमा विशेषज्ञसहितको समूहले सञ्चालनमा ल्याएको हेल्थ केयरको औपचारिक उद्घाटन भने यहि श्रावणको तेस्रो हप्तामा हुनेछ।
टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयरका मेडिकल डाइरेक्टर विशेषज्ञ डा. बिजय श्रेष्ठका अनुसार हेल्थ केयरमा
बिशेषज्ञ चिकित्सकद्वारा चेक जाच गर्नुको साथै बिरामीहरुको सेवा तथा सुपथ शुल्कमा थाईराेइड, सुगरको उपचार , नाक, कान , घाँटी सम्बन्धि उपचार ,गर्भवती तथा महिला रोग सम्बन्धि उपचार , हाडजोर्नी , बाथरोग तथा नसा रोग सम्बन्धि उपचार , बालरोग , मानसिक रोग तथा छाला रोग सम्बन्धि ,
पाइल्स, हर्निया, हाइड्रोसिल,पत्थरी सम्बन्धि उपचारको साथै साधारण शल्य चिकित्सा सेवा उपलब्ध हुने बताए ।

टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयरका संचालिका डेण्टल सर्जन डा.रेश्मा श्रेष्ठले दातको चेकजाच , एक्सरे लगायत दात सम्बन्धि सम्पुर्ण उपचार हुने बताइन् ।

हरेक दिन बिहान ७ बजे देखि बेलुकी ७ सम्म खुल्ने टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयरमा बिरामीहरुलाई सेवा विस्तार गर्न अत्याधुनिक सेवाहरुमा इसिजी, भिडियो एक्सरे,मुटुको भिडियो एक्सरे , फिजियो थेरापी , अनलाइन ल्याब रिपोर्ट लगायत सबै ब्लड टेष्ट सेवा उपलब्ध छ।

यसैगरी टाेखा होराइजन डेण्टल एन्ड हेल्थ केयरले नेपालमा दिनानुदिन बढ्दै गइरहेको विभिन्न रोगहरुबाट छुटकारा दिलाउन बिरामीहरुलाई सर्वसुलभ स्वास्थ सेवा विस्तार गर्न होम भिजिट सेवा जस्मा डाक्टर / नर्स , sample collection (रगत, दिशा, पिसाब ), PCR Test र औषधि होम डेलिभरी सेवा सहित सञ्चालनमा ल्याइएको छ।

