• Sanu Raj Dangol

    • ३१ असार २०७९, शुक्रबार ०७:३४

    आर्थिक वर्ष २०७९/८० को लागि सामाजिक सुरक्षाभत्ता नविकरण गर्न टाेखा वडा ३ को अनुरोध

    टाेखालाइभ डट कम/असार ३१,२०७९

    काठमाडौं /आर्थिक वर्ष २०७९/८० को लागि सेवाग्राहीहरुमा सामाजिक सुरक्षा भत्ता नविकरण गर्न आउनुहुन अनुरोध गर्दै टाेखा नगरपालिका वडा नं.३ ले एक सूचना प्रकाशित गरिएको छ।

    टाेखा नगरपालिका वडा नं.३ मा सामाजिक सुरक्षा भत्ता अन्तर्गत चालू आर्थिक वर्ष २०७८/०७९ मा भत्ता प्राप्त गरिरहनु भएका लाभग्राहीहरुले २०७९/०८० मा भत्ता प्राप्त गर्नको लागी यहि २०७९ श्रावण १ गते देखि भाद्र मसान्त भित्र
    जेष्ठ नागरिकहरुले आ- आफ्नो सामाजिक सुरक्षा भत्ता विवरण नविकरण गरि सक्नुपर्ने छ।

    सामाजिक सुरक्षा भत्ता नविकरण गर्न सेवाग्राहीहरुले सामाजिक सुरक्षा भत्ता कार्ड,नेपाली नागरिकताको प्रमाणपत्र र पासपोर्ट साइजको फाेटाे सहित कागजात लिएर उक्त टाेकिएको समयावधि भित्र वडा कार्यालयमा उपस्थिति भई आ- आफ्नो भत्ता नविकरण गर्नुहुन टाेखा वडा ३ ले अनुरोध गरिएको छ।

    साथै समयमा नविकरण नगरेमा सम्बन्धित विभागबाट भत्ता रकम निकासा नआउने भएकोले त्यसले पार्ने असुविधा प्रति स्वयम भत्ता प्राप्त गर्ने लाभग्राही नै जिम्मेवारी हुने व्यहोरा समेत जानकारीको लागि प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

    सूचना :-

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै