• TOKHA LIVE

    • २६ असार २०७९, आईतवार २२:०१

    धनगढीको आयोजनामा माननीय सामाजिक बिकास मन्त्री एवम् प्रदेश प्रमुख स्काउट बोहराको दिक्षान्त

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    आषाढ २६,२०७९

    धनगढीको आयोजनामा माननीय सामाजिक बिकास मन्त्री एवम् प्रदेश प्रमुख स्काउटका गोबिन्द राज बोहराको दिक्षान्त तथा पद गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहयोगमा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेश कार्यक्रम र सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकाका स्थानीय स्काउट संयोजकहरुलाई एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

    कार्यक्रममा मानवीय सामाजिक बिकास मन्त्री गोबिन्द राज बोहरा, माननीय राज्य मन्त्री टेक बहादुर रैका आउजी, निमित्त प्रदेश सचीव सामाजिक बिकास मन्त्रालय गोबिन्द पोखरेल, शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जयदेव महरा, प्रदेश स्काउट तदर्थ समिति सदस्य राजकुमारी महत्ताै, पुर्व राष्ट्रिय सह-सचिब तथा पुर्व कञ्चनपुर जिल्ला आयुक्त चन्द्रकला पन्त, पुर्व बाजुरा जिल्ला आयुक्त जहर सिंह थापा, पुर्व कैलाली जिल्ला आयुक्त काशी राम ढुंगाना, तेज राज पन्त र सिताशरण शाँ, राष्ट्रिय आधारभूत स्काउट ट्रुप मास्टर प्रेमा जोशी र बसन्ती भण्डारी, धनगढी नमूना क्र्यू मास्टर राधा बिष्ट, राष्ट्रिय आधारभूत स्काउट ट्रुप, धनगढी नमूना क्र्यू, धनगढी ओपन स्काउट क्र्यू मास्टर दिलिप राज भट्ट र अमृत जंग शाही, स्थानीय पालिका स्काउट संयोजकहरु, पत्रकार र स्काउटरहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै