• Sanu Raj Dangol

    • २६ असार २०७९, आईतवार १९:२०

    टाेखामा ‘कोहिती’ को जलश्रोत खानेपानी, उर्जा तथा सिचाई मन्त्री मानन्धरद्वारा उद्घाटन सम्पन्न

    टाेखालाइभ डट कम/ असार २६,२०७९

    टाेखामा ऐतिहासिक, पुरातात्त्विक महत्त्व बोकेको क्व:हिती (कोहिती) सार्वजनिक धारोको समुदघाटन सम्पन्न भएको छ। टाेखा नगरपालिका वडा नं.३ स्थित पुरातात्त्विक महत्त्व बोकेको क्व:हिती (कोहिती) सार्वजनिक धारोको आज आइतबार प्रमुख अतिथी संघीय सरकार बागमती प्रदेश जलश्रोत खानेपानी, उर्जा तथा सिचाई मन्त्री माननीय बसन्त मानन्धरले रिबन काटेर उद्घाटन गर्नुभयो ।

    टाेखा नगरपालिका वडा नं.३ स्थित पालिख्यो टाेल विकास उपभोक्ता समितिको सहकार्यमा नेवा: परम्परागत ‘कोहिती’को संघिय सरकार बागमती प्रदेश जलश्रोत खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको बजेट बिनियोजित पछि कोहिती’को निर्माणले पुर्नता पाएको समितिका अध्यक्ष सानू डंगोलले बताउनुभयो ।कोहिती पालिख्यो टाेल विकास उपभोक्ता समितिले निर्माण सम्पन्न गरेको कोहिती रहेको ठाँउलाई समाज सेवी भाईलाल डंगोल, र भिन्दयो डंगोलले सयुक्त नामको जग्गा दान गरेपछी लोप हुन लागेको कोहितीले जिवन्तता पाएको छ ।

    समितिका सचिव राजु श्रेष्ठले संचालन गरेको कार्यक्रममा समितिका उपाध्यक्ष सुशान्त डंगोलले स्वागत मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा बिशिस्ट अतिथि हेमराज श्रेष्ठ, समितिका सल्लाहकार मनिराज डंगोल , अतिथि नेवा: गूठी टाेखाका अध्यक्ष रमेश नापित, अतिथि टाेखा नगरपालिका ३ का वडा सदस्य हरिकृष्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कोहिती’ निर्माणको लागि स्थानीय सानू डंगोल को अध्यक्षतामा कोहिती पालिख्यो टाेल विकास उपभोक्ता समिति गठन गरिएको थियो। कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष डंगोलले पानीको इनार, ट्याकीको मुहान २ सय मिटर देखि मौलिकता झल्कने कोहिती धारा समेत पुग्नेगरि इष्टमेट ११ लाख ७५ हजार रुपैयाँं खर्च भएको जनाए। उपभोक्ता समितिमार्फत काम भएकोले लागत इष्टमेट भन्दा कम खर्च हुने गरेको उनले बताए।

     

    कोहिती) सार्वजनिक धारोको समुदघाटनपछि बोल्नुहुदै कार्यक्रममा प्रमुख अतिथि संघीय सरकार बागमती प्रदेश जलश्रोत खानेपानी, उर्जा तथा सिचाई माननिय मन्त्री बसन्त मानन्धरले भन्नुभयो ,’ जनताको दैनिक जिवनसंग जोडिएको खानेपानी जस्तो अत्यन्तै महत्त्वपूर्ण विषयलाई जोडेर यो ऐतिहासिक , सांस्कृतिक नगरी टाेखामा एउटा सानो कार्यक्रम आयोजना भएको छ, कार्यक्रम सानो तर त्यसको प्रभावकारिता , त्यसको औचित्य , त्यसको अर्थ अत्यन्तै महत्त्वपूर्ण रहेको यस्लाइ हामीले नमुना कामको रूपमा अगाडि बढाउन सक्यौं भने यस प्रकारका कामहरूलाई हामीले यो वडा भित्रका साना समक्ष ती ठाँउमा मात्रै होईन समग्र प्रदेश भरिका यस प्रकारका कामहरू हामिले ब्यापकता दिनुपर्ने आवश्यकता छ। ‘ ,- भन्नुभयो ।

     

    मन्त्री मानन्धरले जग्गा प्रदान गर्नुहुने अग्रज समाज सेवी भाईलाल डंगोल, र भिन्दयो डंगोललाई दोसल्ला ओदाइ सम्मान एवं  हार्दिक आभार प्रकट गर्दै कोहिती’को निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने उपभोक्ता समितिका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

    कार्यक्रममा बिशिस्ट अतिथि हेमराज श्रेष्ठ, अतिथि टाेखा नगरपालिका २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,समितिका सल्लाहकार मनिराज डंगोल , अतिथि नेवा: गूठी टाेखाका अध्यक्ष रमेश नापित,महासचिव हेराकाजी डंगोल ,अतिथि टाेखा नगरपालिका ३ का वडा सदस्यद्वय हरिकृष्ण श्रेष्ठ,शान्ता राई,टाेखा नगरपालिकाका कानुनी सल्लाहकार बेखानारायण डंगोल ,बिष्णुमति करिडोर उपभोक्ता समितिका अध्यक्ष हरिदास श्रेष्ठ टाेखा राजनीतिकर्मी गजराज श्रेष्ठ , इन्द्रायणी दापा खल:का गुरु चन्द्रमान डंगोल , राष्ट्रसेवक नेपाल प्रहरी , पत्रकार लगायत विभिन्न संघसंस्थाका महानुभावहरुको उपस्थिति रहेको थियो ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै