टाेखालाइभ डट कम /असार २१,२०७९
टाेखा नगर स्थानीय बाल अधिकार समितिको चौथो बैठक टाेखा नगरपालिका उप प्रमुख मुरारी तामाङको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको छ।
बैठकमा टाेखा नगर स्थानीय बाल अधिकार समितिको तर्फबाट स्थानीय चुनावमा नवनिर्वाचित टाेखा नगरपालिका उप प्रमुख मुरारी तामाङलाई खादा ओदाइ सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

टोखा नगरपालिकाले स्थानीय बाल अधिकार समितको अघिल्लो बैठकको समिक्षा सम्बन्धमा निर्णय उपर भएका कार्य प्रगतिको विवरण नवनिर्वाचित टाेखा नगरपालिका उप प्रमुख मुरारी तामाङ समक्ष जानकारी गराएको थियोे ।
बैठकमा वार्षिक कार्यक्रमको समिक्षा सम्बन्धमा छलफल गर्दा आर्थिक वर्ष २०७८/७९ मा बालबालिकाको क्षेत्रमा भए गरेका बाल संरक्षण ,बाल उद्दारका क्षेत्रमा गरेका अनुगमनका कार्यहरु लगायत अन्य विभिन्न कार्यक्रमहरुको महिला तथा बालबालिका प्रमुख साबित्रा न्यौपानेले जानकारी गराउनु भएको थियोे ।

यस्तै विविध विषयमा छलफल गर्दा सामाजिक विकास शाखा अन्तर्गत स्वास्थ्य शाखा टाेखा टाेखा नगरपालिकाका ९ वटा सामुदायिक विद्यालयहरुमा स्वास्थ्य परिक्षण , खोप कार्यक्रम किशोरीहरुमा आइरन चक्की वितरण , बालबालिकाहरुमा
कुपोषण लगायत क्षेत्रमा गरेका बालबालिका सम्बन्धि कार्यक्रमको स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले
जानकारी गराउनु भएको थियो ।
टाेखा नगर स्थानीय बाल अधिकार समितिका संयोजक तथा टाेखा नगरपालिका उप प्रमुख मुरारी तामाङले नगरपालिका भित्र हुन सक्ने सबै प्रकारका बालहिंसाको रोकथाम , निषेध र नियन्त्रण तथा सडक बालबालिकाको उद्घार,पुनः स्थापना , संरक्षण र व्यवस्थापन गर्ने जस्ता सबै बालबालिकाको हक, अधिकार सुनिश्चित गर्ने जस्तो विषयमा आफू सधै गम्भीर भएर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठकमा शिक्षा शाखाले बालबालिका सम्बन्धि गरेका लागुपदार्थ, दुर्वेसन,दिवाखाजा कार्यक्रम , सेनिटरी प्याड वितरण , छात्रवृत्ति कार्यक्रम , यौन शिक्षा , किशोरीहरुको सुरक्षा तालीम लगायत कामको नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले जानकारी गराउनु भएको थियो ।
बैठकमा रिक्त पदका सन्दर्भमा नगर प्रमुख प्रकाश अधिकारीसंग समन्वय गरि पदपूर्ति गर्ने ,वार्षिक कार्ययोजना बनाउने , जन्मदर्ताका समस्यालाई अझै प्रभावकारी ढंगबाट
आगामी दिनमा गर्न सकिने बिषयमा योजना बनाउने र बालबालिकाको सवाल राष्ट्रिय गौरवको सवाल भएकाले आगामी दिनका लागि बजेट व्यवस्थापन गरिने बैठकमा निर्णय भएको थियोे ।
यस्तै बैठकमा कार्यक्रम संचालिका महिला विकास अधिकृत निर्मला रेग्मीले टाेखा नगरपालिकामा ११ वटै वडामा ‘जनप्रतिनिधिसंग विद्यार्थी’ कार्यक्रम सम्पन्न भैसकेको जानकारी गराउदै अघिल्लो बैठकमा बाल संरक्षणको पाटाेमा स्थानीय सरकार र ‘सुरक्षाका लागि साथ साथ परियोजना’ अन्तर्गत ‘एक्प्याक्ट लक्जेवर्गको सहकार्यमा बैठक
सम्पन्न भएको कार्यक्रममा एक्प्याक्ट लक्जेवर्गसंगै
सेलर्ड र शक्ति समूहको समेत सहकार्य रहेको कार्यक्रममा
नवनिर्वाचित टाेखा नगरपालिका उप प्रमुख तथा टाेखा नगर स्थानीय बाल अधिकार समितिका संयोजक मुरारी तामाङलाई जानकारी गराउनु भएको थियो ।
टाेखा नगरपालिका वडा ५ को सभा हलमा बैठकमा भएको बृहत छलफलमा वार्षिक कार्यक्रम तय गर्ने, बाल गृह निर्माण ,कार्यबिधी सम्बन्धमा , बाल संजाल नगर तथा वडा पुर्नगठन सम्बन्धमा वडा भित्र हुन सक्ने वालविवाह , बालश्रम शारीरिक तथा मानसिक पिडा तथा बाल यौन दुव्र्यवहार , बालहिंसाको रोकथाम, सडक बालबालिकाको उद्घार,पुनः स्थापना , संरक्षण र व्यवस्थापन गर्ने र बालबालिकाको हक अधिकार सुनिश्चित गर्ने जस्तो विषयमा केन्द्रित रहेर बाल अधिकारकर्मीहरुले व्यापक छलफल गर्नु भएको थियो ।

बैठक नगर उप- प्रमुख मुरारी तामाङ ,टाेखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम ,टाेखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलाल, महिला तथा बालबालिका प्रमुख साबित्रा न्यौपाने,महिला विकास अधिकृत निर्मला रेग्मी , टाेखा महिला बालबालिका निरीक्षक बिमला वाग्ले,चाईल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदी ,महिला वडा सदस्य तारा कडेल , टाेखा नगर बाल संरक्षण समितिका सदस्य मिना शर्मा,बालअधिकार कर्मि दिपक बस्याल,अधिवक्ता बाल न्यायकर्मी मुकुन्द दाहाल, ,शिक्षिका शारा खड्का , नगर प्रहरी ,स्थानीय संचारकर्मी, शुसिला नेपाल
नगर बाल संजालका अध्यक्षमा पुजा तामाङ उपाध्यक्ष दिपेश श्रेष्ठ , लगायतको सहभागी रहेको थियो ।

