नविना श्रेष्ठ/टाेखालाइभ डट कम
आषाढ २०,२०७९
नेपाल स्काउट बाग्मती प्रदेश महानगर स्थानीय स्काउट पुरुष उड ब्याज तथा महिला एड्भान्स तालिम अन्तराष्ट्रिय तालिमकेन्द्र ककनीमा सम्पन्न भएको छ।
आषाढ १० गतेदेखि १६ गते सम्म उड ब्यायज तथा एडभान्स तालिम लामो समयपछि सुरु भएको हो। कार्यक्रमका सभाध्यक्ष स्काउट बागमती प्रदेशका संयोजक शिव राम अर्याल, प्रमुख अतिथिमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी रहेको थियो।

ब्यइज कोषका कोष लिडर राष्ट्रिय कार्यसमितिका सदस्य बिजेन्द्र ध्वजु र र्गस कोषका कोष लिडर लिला श्रेष्ठ रहेका थिए। त्यसै गरी नेपालमा उड ब्यायज र एड्भान्स तालिम संगै भएको पहिलो रेकर्ड भएको छ। यो भन्दा पहिलाको समयमा पुरुष तर्फको उड ब्यायज तालिम हुदा महिला सँगै बसेर तालिम हुँदैनथियो। महिलातर्फ एडभान्स तालिम छुट्टै हुन्थ्यो। महिलाको तालिममा पुरुष र पुरुषको तालिममा महिला हेर्नसम्म हुँदैन भन्ने चलन थियो। तर त्यो नियम लाइ यो पटकको तालीमले तोडेको छ। किनकी अवसर पाए पुरुष सरह महिलाले पनि काम गर्न सकिन्छ भन्ने प्रमाण यसपटकको संगै भएको उड ब्यायज र एड्भान्स तालिमले देखाइएको छ।

तालिमका महिला कोषका कोष लिडर लिला श्रेष्ठले पहिला यस्तो एडभान्स तालिम धेरैमा आफू सहभागी भएतापनि यो पटक छुट्टै नयाँ अनुभव बटुल्न पाएको बताए। पुरुष कोषका कोष लिडर ध्वजुले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई अबका दिनमा अझ एडभान्स भएर फिल्ममा घटेको देख्न पाई आफू निकै खुशी हुने भन्दै शुभकामना दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले जति उड ब्यायज र एड्भान्स तालिम अगाडि बढ्नुपर्ने हो त्यति नबढेको देखियो। अबका दिनमा यो पुरुष र महिलाको तालिम संगसंगै अगाडि बढाउने प्रतिबद्धता जनाए। आफु नेपाल स्काउटको लिडर सिपमा आएपछि अब स्काउट नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने बताउँदै आउदा आजको यो समयमा अलि परिवर्तन भएको हो कि जस्तो लागेको बताए। स्काउटबाट एक असल व्यक्ति जन्मने आस र काठमाडौंको मेयर बारेन शाह जस्तो देशको नेतृत्व गर्ने व्यक्तिहरू जन्मनु पर्ने बताउनुभयो। अब स्काउटको तालिम आफूले र सिपमा रहुन्जेलसम्म सामुहिक रुपमा तालिमहरु संचालन गर्ने अब कहिले पनि एकल निर्णयले तालिम हुन नदिने प्रतिवद्धता जनाए।

कार्यक्रमका सभाध्यक्ष शिव राम अर्यालले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो। उड ब्यायज तालिम र एडभान्स तालिम सँगै गरेको पहिलो रेकर्ड भएको छ। यो तालिममा महिलाहरु साहास देखेर भोलिका दिनमा यस्तो तालिम अझ अगाडि बढाउने बताए। यस्तो तालिम काठमाडौँमा मात्र होइन अब ७५३ वटा पालिकाहरुमा पनि यो तालिम गर्ने प्रतिबद्धता जनाए।

समापनको कार्यक्रममा नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई, बागमती प्रदेशका सल्लाहकार केश रत्न बज्राचार्य, विभिन्न नगरपालिकाका संयोजकहरु, काउन्सिलरहरु, विभिन्न तहका CLT र CALT का प्रशिक्षार्थीहरु को बाक्लो उपस्थिति रहेको थियो।

