टाेखालाइभ डट कम/असार १८,२०७९
काठमाडौं /लायन्स क्लब ईन्टरनेसनलले लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवरको नेतृत्वमा अन्य ४ क्लबको संयुक्त आयोजनामा शुक्रबार टाेखा नगरपालिका वडा ३ स्थित सरस्वती मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

लायन्स क्लब ईन्टरनेसनलले लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवरको नेतृत्वमा भएको उक्त रक्तदान कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रममा विभिन्न स्कुल कलेजका विद्यार्थी , शिक्षक तथा क्लबका पदाधिकारीहरुले रक्तदान गरेका थिए।

हाल देखिएको रगतको अभावलाई पूर्ति गर्न सो रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिदै आयोजक
लायन्स क्लब ईन्टरनेसनलले लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवरका अध्यक्ष लायन सुनिल श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।

मानव सेभिङमा समर्पित भावनाले उल्लेखनीय भुमिका निर्वाह गरिरहेको लायन्स क्लब 325 E अन्तर्गत हाल पहिलो कार्यकालको शुभारम्भ गर्दै क्लबले नेपाल अधिराज्य भरी क्लब ४०९ वटा क्लबले विभिन्न समाजिक कार्य गर्दै आइरहेको लायन्स क्लबले एकै पटक १०३ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको लायन सुनिल श्रेष्ठले जानकारी दिए ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि लायन सुनिल श्रेष्ठ र
बिशिस्ट अतिथि लायन बिनोद जंग केसि रहनुभएको थियो ।

रक्तदान कार्यक्रममा अतिथि अतिथि टाेखा नगरपालिका उप प्रमुख मुरारी तामाङ , टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल , लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवरका अध्यक्ष सुनिल श्रेष्ठ , लायन्स क्लब अफ टाेखाका अध्यक्ष सन्तलाल श्रेष्ठ , लायन्स क्लब अफ काठमाडौं चुनिखेलका अध्यक्ष राजकुमार श्रेष्ठ , लायन्स क्लब अफ शिवपुरीका अध्यक्ष रामराज डंगोल , लायन्स क्लब अफ टाेखाका 1st VP Lion सानुबाबु श्रेष्ठ , त्रिनेत्र फाउन्डेसनका अध्यक्ष कान्छा गुरुङ लगायत लायन्स क्लबका विभिन्न शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।


